• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

दशैमा दर्शकले खचाखच सिनेमा हल

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in Uncategorized
0
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ८ तनहुँ ।  कोरोना भाइरसको महामारी नफैलिएको भए यतिबेला सिनेमा घरमा दर्शकको ठूलो चाप हुने थियो । किनकि, दशैंको मुखमा रिलिज हुने फिल्मलाई दर्शकको पर्‍याप्त साथ मिल्ने गरेको छ । फिल्म बलियो बनेको छ भने दशैंमा प्रदर्शन हुने फिल्मलाई लगानी उठाउन गाह्रो पर्दैन । दशैं विदा लामो हुने भएका कारण यो समयमा फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । यसैले त दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच ठूलो राजनीति हुने गरेको छ ।

तर, यसपालीको दशैंमा फिल्म क्षेत्र ठप्प छ । दशैंको मुखमा केही फिल्मको छायांकन सुरु भए पनि सिनेमा हल विगत सात महिनादेखि बन्द छ । कोरोनाको संक्रमण फैलिन डरले सरकारले लकडाउन गर्नुभन्दा अगावैदेखि फिल्म निर्माण र प्रदर्शनसँगै सिनेमा हलमा खोल्न प्रतिबन्ध लगाएको थियो । निषेधाज्ञापछि भीडभाड हुने क्षेत्र सञ्चालनमा आउँदा फिल्म क्षेत्रमा भने प्रतिबन्ध हटेको छैन । जसले गर्दा सिनेमा हलमा लागेको ताल्चा खुल्न सकेको छैन ।

दशैंको मुखमा सरकारले फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिनेमा फिल्मकर्मीहरु विश्वस्त थिए । तर, सरकारले अहिलेसम्म फिल्म क्षेत्र खोल्ने संकेतसम्म दिएको छैन । यता सात महिनादेखि फिल्म सम्बन्धि सम्पूर्ण काम रोकिँदा हजारौं श्रमजीवि फिल्मकर्मीलाई समस्या परेको छ । फिल्म प्राविधिकलाई त विहान बेलुका हातमुख जोर्न समेत समस्या छ । तर, सरकार फिल्म क्षेत्रप्रति गम्भीर देखिएको छैन ।
दशैंको छेकोमा हरेक वर्ष चहलपहल हुने सिनेमा घर यसपटक सुनसान हुँदा फिल्मकर्मीमा कुनै प्रकारको रौनक देखिएको छैन । यसपटकको दशैंलाई लक्षित गरेर गत वर्ष नै आधा दर्जन बढी फिल्मले प्रदर्शन मिति घोषणा गरेका थिए । तर, दशैंलाई प्रदर्शन मिति घोषणा गरेका कुनै पनि फिल्मको कोरोनाका कारण छायांकन समेत पूरा हुन सकेको छैन ।

‘ए मेरो हजुर ३, परदेशी, अल्लारे २, छक्का पञ्जा ४, आई एम ट्वान्टी वान, महजोडीको फिल्म, प्रेमपूजा’ लगायतका फिल्मले यस वर्षको दशैंलाई लक्षित गरेर एक वर्ष अगाडि नै प्रदर्शन मिति घोषणा गरेका थिए । तर, कोरोना महामारीका कारण यी कुनै फिल्मको छायांकन पूरा भएको छैन । कति फिल्मको त छायांकन समेत आरम्भ भएको छैन ।

वर्षभरि फिल्म फ्लप भए पनि दशैंमा रिलिज हुने फिल्मले करोडौंको व्यापार गर्दथे । व्यापारको लोभले गर्दा पनि फिल्मकर्मीबीच दशैंमा फिल्म रिलिज गर्ने होडबाजी हुन्थ्यो । तर, यसपाली कोरोना भाइरसका कारण सात महिनादेखि बन्द रहेको सिनेमा हलमा माकुराले जालो बनाएको छ । निर्माण सकिएका फिल्म पनि थन्किएका छन् । यो दशैंपछि फिल्म क्षेत्रमा चहलपहल होला कि १ आशा गरौं । र, अर्को दशैँमा निर्माताहरुको दौडधुप, हलमा खचाखच दर्शक, मिडिया फिल्म व्यापारका समाचार, दर्शकहरुको कौतुहलता पुनस् फर्किनेछ, कामना गरौँ ।

Previous Post

दशैँ आएको आभाष गराउने पाँच फिल्मी गीतहरु

Next Post

चर्च भवन भँत्किदा २२ जनाको मृत्यु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
चर्च भवन भँत्किदा २२ जनाको मृत्यु

चर्च भवन भँत्किदा २२ जनाको मृत्यु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?