कार्तिक ७, काठमाण्डौ । विश्व फुटबल महासंघ ९फिफा० को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो ।
फिफाले पछिल्लो पटक बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा कायमै छ । कोरोनाका कारण चैत्रयता फुटबल प्रतियोगिता हुन पाएको छैन ।
नेपालले आउँदो महिना भने बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दक्षिण एशियाली राष्ट्रको वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १ सय ८ औं स्थानमा छ ।
यस्तै माल्दिभ्स १ सय ५५, भुटान १ सय ८९, बङ्गलादेश एक १ सय ८७, श्रीलङ्का २ सय ६ तथा पाकिस्तान २ सय औं स्थानमा छ ।विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।
Discussion about this post