• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

विवाद सुल्झाउन आज नेकपा कर्णाली संसदीय दलको बैठक बस्दै

Lekhnath Khabar by Lekhnath Khabar
October 23, 2020
in राजनीति
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ७,काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशभित्र देखिएको विवाद सुल्झाउन आज नेकपा कर्णाली संसदीय दलको बैठक बस्दैछ ।

विवाद टुङ्ग्याउन भनेर नेकपा कर्णाली प्रदेशको संसदीय दलको बैठक बिहान ११ बजे बस्न लागेको हो । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध आफ्नै दलका सांसदहरुले सरकार र दलको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णाली भित्रको विवाद सतहमा आएको थियो ।

केन्द्रले नै विवाद मिलाउने भने पनि निष्कर्ष नआएपछि विवाद फेरि प्रदेशमै पुगेको छ । तर असन्तुष्ट पक्षले मुख्यमन्त्रीले पेलेर गएको भन्दै आफूहरु बैठकमा सहभागी नहुने बताएका छन् । संसदीय दलमा नेकपा कर्णाली प्रदेशका सह-इन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदहरुले असोज २५ गते मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गरेको भोलिपल्ट मुख्यमन्त्री शाहीले दलको प्रमुख सचेतकको जिम्मेवारीबाट सांसद गुलाबजंग शाहलाई पदमुक्त गरेर सचेतक सांसद सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको थियो।

मुुख्यमन्त्रीले आफू विरुद्ध आएको अविश्वासको प्रस्तावलाई विफल गराउन प्रस्तावमा हस्ताक्षर गरेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना सांसदहरुसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने र सचेतक दिने सहमति गरेपछि कर्णालीको विवाद केन्द्रमा टुङ्ग्याउने भन्दै काठमाण्डौ बोलाएपछि उनीहरु काठमाण्डौ गएका थिए ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग दुवै पक्षले दुवै अध्यक्षसँग छलफल गरे पनि निष्कर्षविहीन भएपछि प्रदेशको विवाद प्रदेशमै मिलाउने भनेर विवाद प्रदेशमै आएको छ । काठमाण्डौ गएका मुख्यमन्त्री शाहीलगायतका नेताहरु सुर्खेत फर्किसकेका छन् ।

असन्तुष्ट पक्षले बैठकको वैधानिकतामाथि प्रश्न उठाएका छन् । सांसद गुलाबजंग शाहले आज बस्ने भनिएको बैठकको वैधानिकता नभएको बताउनुभयो । उहाँले केन्द्रमा अविश्वासको प्रस्ताव फिर्ता लिने, मुख्यमन्त्रीले गरेका निर्णय बदर गरेर प्रमुख सचेतकमा पुनर्बहाली गर्ने सहमति हुँदाहुँदै निर्णयलाई नमानेर बैठक बोलाइएको जानकारी दिनुभयो ।

प्रमुख सचेतकमा नियुक्त सांसद सीता नेपालीले बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल गरिने र आजै कर्णालीमा देखिएको विवाद टुङ्गिने बताउनुभयो ।

Previous Post

फिफा वरियतामा नेपाल यथावत्

Next Post

महामारीमा सरकार संवेदनहीन र कर्तव्यविमुख छ : देउवा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
राजनीति

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल
राजनीति

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी
राजनीति

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई
राजनीति

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

Next Post
महामारीमा सरकार संवेदनहीन र कर्तव्यविमुख छ : देउवा

महामारीमा सरकार संवेदनहीन र कर्तव्यविमुख छ : देउवा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?