• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

महामारीमा सरकार संवेदनहीन र कर्तव्यविमुख छ : देउवा

Lekhnath Khabar by Lekhnath Khabar
October 23, 2020
in राजनीति
0
0
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक ७ काठमाण्डौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमित नागरिकले आफ्नै खर्चमा उपचार गर्नुपर्ने भनी सरकारले गरेको निर्णय लज्जास्पद भएको बताएका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सो निर्णयले सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार, कर्तव्यविमुख छ भन्ने देखिएको बताए।

स्वास्थ्य मन्त्रालयले केही दिनअघि कोरोना संक्रमित नागरिकले आफैं उपचार गर्नुपर्ने निर्णय गरेको थियो। सभापति देउवाले नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निस्शुल्क प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेको बताएका छन्।

‘सरकारले कुनै शर्तबिना यसको कार्यान्वयन गर्नुपर्छ,’ सभापति देउवाले भनेका छन्, ‘सरकारले जनताको हितविरूद्ध लोकतान्त्रिक मूल्य, संवैधानिक र कानुनी व्यवस्था विपरीत निर्णय गरेर अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ। यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु।’

कोभिड(१९ नियन्त्रणको सन्दर्भ सरकार प्रारम्भदेखि गैरजिम्मेवार रहेको उनले बताएका छन्। ‘समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परीक्षण, क्वारेन्टिन, आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई इज्जतपूर्व घर फिर्तीमा उदासिन नहुनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताका उदाहरण हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘महामारीको भयावह अवस्था सिर्जना हुनुमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार जिम्मेवार छ।’

देउवाले कालोबजारी, महंगी, मिसावट, कृत्रिम अभाव, भ्रष्टाचार र बेथिति उग्ररुपले प्रकट भएको समेत बताएका छन्। ‘आर्थिक अपारदर्शीता, अनुशासन र मितव्ययीता छैन, अनावश्यक काममा सरकारी ढुकुटी खर्च भएको छ,’ उनले भने, ‘तर, नागरिकको स्वास्थ्यबारे सरकार असंवेदनशील बनेको छ।’

देउवाले प्रधानमन्त्रीलाई कोभिडको परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी गरेको निर्णय तत्काल खारेज गर्न अनुरोध पनि गरेका छन्।

Previous Post

विवाद सुल्झाउन आज नेकपा कर्णाली संसदीय दलको बैठक बस्दै

Next Post

कर्णालीको नजिरले प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्रीहरूको कुर्सी जोखिममा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

पुन समाज नेपालले रास्वपालाई सघाउने
राजनीति

पुन समाज नेपालले रास्वपालाई सघाउने

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल
राजनीति

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

Next Post
कर्णालीको नजिरले प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्रीहरूको कुर्सी जोखिममा

कर्णालीको नजिरले प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्रीहरूको कुर्सी जोखिममा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?