कार्तिक ७ काठमाण्र्डाै । विदेशी श्रमिकलाई नेपाली उद्योगमा काम गर्न सरकारले स्वीकृति दिएको छ । नेपालमा सञ्चालित उत्पादनशील उद्योगमा भारत, चीनलगायत अन्य मुलुकबाट विदेशी श्रमिक ल्याउन सरकारले अनुमति दिएको हो ।
यद्यपि रोजगारीका लागि नेपाली श्रमिकलाई पहिलो प्राथमिकता दिइने सरकारले जनाएको छ। कार्तिक ४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा यस्तो निर्णय भएको जानकारी दिएका छन् ।
‘पहिलो प्राथमिकता नेपाली श्रमिकलाई दिनुपर्ने हुन्छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने,‘नेपाली श्रमिक नपाइएको अवस्थामा उत्पादनशील उद्योगहरुलाई विदेशबाट श्रमिक ल्याउने अनुमति दिने निर्णय भएको छ ।’ नेपाली श्रमिक उपलब्ध नभएको अवस्थामा श्रम कानुनले निर्दिष्ट गरेको प्रक्रिया पूरा गरी उद्योगले भारत, चीनलगायत अन्य मुलुकबाट विदेशी श्रमिक ल्याउनसक्ने उनले बताए ।
विदेशबाट श्रमिक ल्याउन उद्योगलाई संघीय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रहेको जिल्लामा यी कार्यालयहरुबाट र नरहेको जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।
Discussion about this post