कपिलवस्तुको तौलिहवाका शिया हस्तकला प्रदर्शनस्थल (आर्ट एण्ड क्र्याफ्ट)का सञ्चालक बालगोबिन्द त्रिपाठीले घरमा खेर जाने पद्धार्थहरुबाट विभिन्न सामग्रीहरु तयार पार्दै आएका छन् । त्रिपाठीले घरमा प्रयोग विहीन बनेका सिडी डिस्क, ब्याडमिन्टन ¥याकेटको खोल, पूराना कपडा (टवेल), डोरीका टुक्रा, काठको धुलो, पानीको बोतल, विभिन्न क्यानका बट्टाहरुबाट बुद्धको जिवनीसँग जोडिएका हस्तकला सामग्रीहरु बनाउँदै आएका छन् ।
ग्यालरीमा मूर्तिदेखि पेन्टिङसम्म ५ सय देखि ३० हजार मूल्य सम्मका थ्रिडि मिक्स मिडिया आर्टका सामग्रीहरु राखिएको उनले बताए । बुद्धस्थल कपिलवस्तुको प्रचार र भ्रमण बर्ष २०२० लाई सहयोग पु–याउने उद्धेश्यका साथ आर्ट ग्यालरी सञ्चालन गरिएको त्रिपाठीले जनाए ।
ग्यालरीमा बुद्धका आकर्षक मूर्ति, घरायसी सजावटका सामग्री, फूलदानी, पेन होल्डर लगायतका हस्तकलाका सामग्री समेत राखिएका छन् ।
Discussion about this post