• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

पोलेको माछाको फरक स्वाद लिन माझीकुना

Lekhnath Khabar by Lekhnath Khabar
February 2, 2024
in अर्थ खबर, पर्यटन, समाचार, स्थानीय
0
0
SHARES
339
VIEWS
Share on FacebookShare on Twitter

सुरज हजारे दाहाल
पोखरा । बेगनास तालको पूर्वी किनार माझीकुना, जहाँबाट वेगनास तालको दृष्यावलोकन र वेगनास तालमै उत्पादित विभिन्न जातका माछाको स्वाद लिने नयाँ गन्तब्य बनेको छ । एउटा आँखाले रुपा र अर्को आँखाले वेगनास ताल अवलोकन गर्न सकिने भ्यू टावरको रुपमा परिचित सुन्दरी डाडाँबाट थोरै उत्तरतर्फको ओरालोबाटो पैदल झरेपछि माझीकुना पुगिन्छ । उक्त स्थान यतिबेला माछाका पारखिलाई नयाँ गन्तब्य बनेको छ ।

पोलेको माछा नै यहाँको मुख्य परिकार हो । तिलापिया जातको माछालाई मरमसलाले म्यारिनेट गरेर त्यसभित्र च्याउ, धनियाँ, सिंगै लसुन हालिन्छ । केही घण्टा मसलामा भिज्न दिएर त्यसलाई आलमुनियम फोइलमा प्याकगरी तावामाथि वा सिधै आगोमाथि राखेर पकाए पछि खानको लागि तयार हुन्छ पोलेको माछा ।

पचभँैयामा जुओलोजिकल पार्क बनेपछि माछा पारखीहरुको संख्या बृद्धि भएको छ । स्थानीय राम जलारीले भने पर्यटकीय गन्तव्यको रुपमा रहेको बेगनासतालमा नौकाविहार गदै माझीकुना जान सकिन्छ भने पचभैँयबाट मोटबाटो हुदै पनि माझी कुना पुग्नु सकिन्छ । शान्त वातावरण जंगलको मध्यभाग माझीकुना यतिवेला माछाको परिकारको लागि चर्चित हुँदै गएको छ । माछा फ्राई र माछा करी अन्यत्र पाइए पनि पोलेको माछाको स्वाद भने यहाँको व्राण्ड नै बनेको छ ।

पोखराको लेकसाइडका रेष्टुरेन्टहरुले समेत माझीकुनाको सिको गरेर पोलेको माछाको परिकार मेन्युमा राखेको पनि धेरै भएको छैन । तर माझीकुनाको पोलेको माछा भने दाउरामा बनाइने हुँदा स्वाद बेग्लै हुन्छ । विशेष गरी शुक्रबार र शनिबार यहाँका रेष्टुरेन्टहरु माछा पारखीहरुले भरिभराउ हुन्छन् । साथीभाईदेखि परिवार नै लिएर शान्त वातावरणमा माछा खान पारखीहरु आउँछन् । माझीकुन पुगेर माछा खाएपछि पुनः डुंगा चढेर वारी अथवा पिचरोडबाट हिडेंर बेगनास तालको बस स्टप जान सकिन्छ ।

माझीकुनाको तल्लो कुनामा टेकबहादुर जलारीले द फिसरम्यान रेष्टुरेन्ट संचालन गरेको दुई वर्ष भएको छ । शुरुमा त्यति नचलेको उनको रेष्टुरमा भने अहिले ग्राहक बढेका छन् । तालको किनारमै टेबल राखेर ठाउँ फराकिलो पारेपछि पाहुनाहरु लामो समय तालको दृश्य अवलोकन गर्दै समय बितेको पत्तै नपाउने उनले बताए । उनका अनुुसार राम्रोसँग माछा तैयार हुन करिब २५ मिनेट जति लाग्छ । यस्तै अर्को रेष्टुरेन्ट ब्लू हेभेन सरिता रेष्टुरेण्ट पनि माछा पारखीहरुले भरिने ठाउँ हो । रेष्टुरेण्ट अनुसार पोलेको माछाको रेट फरक छ । माछाको तौल अनुसार प्रति पिस पोलेको माछा ६०० देखि ९०० रुपैयाँ मुल्य निर्धारण गरिएको छ ।

Best Grilled Fish in Majhikuna, Begnas Lake 2024 - BegnasAqua

पोखरा आाउने पर्यटकहरु फेवाताल मात्रै घुम्ने गरेका कारण बेगनास ताल ओझेलमा परेको स्थानीयको गुनासो गरिरहेको अवस्थामा माझीकुनाको पोलेको माछाले समग्र बेगनास क्षेत्रलाई गुलजार बनाएको छ ।

आन्तरिक पर्यटकहरु मात्र होइन बाह्य पर्यटकहरु पनि माझीकुना पुग्ने गरेका छन्, दृष्यावलोकन र माछा परिकारको फरक स्वाद लिन । नेपालीहरु माछा मात्र खान आउने गरे पनि उनीहरु यहाँ बस्न समेत आउँछन् । होटल माथिको छतमा ह्यामक माथि सुतेर किताब पढ्ने र गीत सुनेर बेगनासको दृश्यमा उनीहरु रम्ने गर्छन् । बेगनास ताल र रुपातालको विचमा रहेको सुन्दरी डाँडासम्म हाइकिङ गरेर एकै ठाउँबाट दुई तालको मनमोहक दृश्य देख्न सकिन्छ ।

सुरज हजारे दाहाल द्वारा आदर्श समाजमा प्रकाशित।

Previous Post

हट एयर बेलुनलाई ९ हजार फिटसम्म उड्ने अनुमती

Next Post

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?