माघ २०, बुटवल – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्य रहेको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।
ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ। जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् ।
घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्याइएको छ ।
Discussion about this post