माघ २०, पोखरा
पोखरामा जारी २३औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।
२०७५ सालमा आहा रारा कप मै दुवै टिम उपाधिका लागि भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइबे्रकरमा ५-४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो ।
आहा रारामा इतिहासमा त्रिभुवन आर्मी अनुभवी टिम भए पनि हालसम्म उपाधि जित्न सकेको छैन । तर, थ्रीस्टार भने कम सहभागितामै बढी उपाधि जित्ने भाग्यमानी टिममध्ये पर्छ । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा उपाधि जितेको हो। र्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगेर उपविजेता बनेको छ।
यसपटकको उपाधि जिते दुवैलाई आफ्नो इतिहास बनाउने अवसर छ । नेपाल आर्मी आफ्नो हारको श्रृंखला ब्रेक गर्न चाहन्छ भने थ्रीस्टार आहाराराको सर्वाधिक विजेता टोलीमा आफूलाई सामेल बनाउन चाहन्छ ।
आहारारामा मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबल सर्वाधिक ६, ६ पटकका उपाधि विजेता हुन् । अब थ्रीस्टार पनि उक्त सफलताबाट केवल जितमात्रै टाढा छ ।
Discussion about this post