लेखनाथ, २२ माघ – पर्यटन राजधानी मानिने पोखरा सहरले आफ्नो सुन्दरता, सुविधाजन्य पूर्वाधार र प्रवद्र्धनका कारण अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाइसकेको छ। तर, त्यही पोखरा महानगरपालिकाभित्र रहेको लेखनाथ क्षेत्र भने अपेक्षाकृत विकासको अवसरबाट बञ्चित हुँदै आएको छ। २०७३ सालमा पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई गाभेर पोखरा महानगरपालिका बनाइए पनि एकीकृत विकासको लक्ष्य पूरा हुन सकेको छैन।
पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, तथा प्रशासनिक सेवा वितरणका हिसाबले पोखराको मुख्य क्षेत्रले मात्र प्राथमिकता पाइरहँदा लेखनाथ क्षेत्र भने ओझेलमा परेको देखिन्छ। पोखरा महानगरपालिका ३३ वडासहित नेपालको सबैभन्दा ठूलो महानगरपालिका हो। भौगोलिक रूपमा यसको पश्चिमी भाग (लेकसाइड, सराङकोट) व्यावसायिक तथा पर्यटकीय रूपमा अत्यधिक विकास भएको छ, जबकि पूर्वी भाग लेखनाथ क्षेत्र अझै ओझेलमा छ। लेखनाथका बेगनास, रुपा, दीपाङ, गुँदे, खास्टे, मैदी जस्ता तालहरू पर्यटनका लागि उत्तिकै महत्त्वपूर्ण भए पनि अपेक्षित प्रवर्द्धन तथा लगानी नपाएर पछि परेका छन्।

लेखनाथ गाभिनुअघि छुट्टै लेखनाथ नगरपालिका थियो, जसले यहाँको पूर्वाधार तथा स्थानीय सेवा व्यवस्थापनलाई सहज बनाएको थियो। सात तालको बगैचा सहरको रुपमा लेखनाथले आफ्नो छुट्टै पहिचान स्थापित गरिरहेको थियो र लेखनाथलाई कसरी पर्यटकिय गन्तव्य बनाउन सकिन्छ भनेर योजना हरु निर्माण भईसकेका थिए साथै केहि योजनाहरु कार्यान्यवनमा पनि आईसकेका थिए।
सुरुमा पोखरा उपमहानगर सगॅं गाभिएर लेखनाथ क्षेत्रले फड्को मार्नै कुरामा सबै आशावादी भएपनि ८ बर्षमा केही मात्र योजना हरु संचालनमा आएको र मुख्यक्षेत्रहरुकै डि.पी.आर. र योजनाहरुपनि नबनेको कारणले स्थानिय र व्यवसायीहरु चिन्तित भईरहेका छन्। पोखरा महानगरले संचालन गर्ने पर्यटन प्रवर्धनका कार्यक्रमहरु लेखनाथ सम्म आईपुगेका छैनन् भने लेखनाथका संघ संस्थाहरुको प्रतिनिधित्व र आवाजहरुको पनि बेवास्ता भईरहेको छ। महानगरबाट पाउनुपर्नै आधारभुत कुराहरुपनि नपाई चर्को करको मारमा परेको साबिक लेखनाथबासीहरुको गुनासो बढीरहेको छ।
तालैताल र अधिकाशं ग्रामिण भु-भाग रहेको लेखनाथ क्षेत्रमा सडक, शैक्षिक संस्था, स्वास्थ सुविधा र व्यवसाय मैत्री सरंचनाहरुको अभाव बढ्दै गईरहेको छ भने दैनिक जिवनयापन , वडा तथा महानगरबाट लिने सुविधा, व्यवसायिकरण जस्ता कुराहरुमा ठुलो असर पर्दै आईरहेको छ। महानगर बासी भएको र मनोरम दृश्य देखिने आधारमा चर्कौ कर तिरेपनि आवश्यक पुर्वाधार र प्रवर्धन नपाउॅंदा आर्थिक फाईदा लिन नसकेको र बित्तिय सस्थां बाट कर्जा लिन र व्यवसाय संचालन गर्ने नसकि विदेशिनुपर्ने बाध्यता रहेको गुनासो बढ्दै गईरहेको छ।
बि.स. २०३७ सालमा बेलायतका राजकुमार चाल्र्स को भ्रमण सॅंगै लेखनाथको सुन्दरताले अन्तरास्ट्रिय पहिचान पाएको थियो। रोयल ट्रेक र अन्नपुर्ण सर्किट को लागि लेखनाथ पहिलो प्राथामिकतामा पर्दै गईरहेको थियो, लमजुङ र मनाङ जिल्ला को लागि व्यापारिक तथा पर्यटकिय गेटवे रुपमा परिचित थियो। पोखरा महानगर मा गाभिई सकेको र पेखरा पर्यटकिय राजधानी भईसकेको अवस्थामा यसको थप विस्तार हुनुपर्नेमा अस्तित्वनै मेटिने अवस्थामा पुगिसकेको छ भने व्यवसायीहरु पलायन हुने र विदेशिने क्रम बढिरहेको छ। साबिक लेखनाथ कै वडाहरु मिलेर एकिकृत पहल गर्नै र योजनाहरु बनाउन सकिने हुदाहुदै पनि आफ्ना कुरा हरु नसुनिएको र अल्पमतमा परेर सुनुवाई नभईरहेको जनप्रतिनिधीहरुको भनाई छ।
नेपालकै ठूलो महानगर मानिने पोखराको क्षेत्रफल ४६४.२४ वर्ग किलोमिटर रहेको छ, जुन काठमाडौंको ४९.४५ वर्ग किलोमिटर क्षेत्रफलभन्दा ९.३८ पोखरा गुणा ठूलो हो। जनसंख्याको हिसाबले काठमाडौं करिब ८.५ लाखको घनाबस्तीमा रहेको छ भने पोखरामा करिब ५ लाख मानिस बसोबास गर्छन्।
पोखरा खुला भूभाग र हरियालीका हिसाबले सुविधाजनक भए पनि विकास पूर्वाधारहरू बजेटको अभावमा अझै कमजोर रहेका छन्। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ५१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ जुन ३.४२ अनुपातले कम छ । क्षेत्रफल र बजेटको अनुपातमा हिसाब गर्ने हो भने पोखरामहानगरपालिकाको विकास काठमाडौ महानगरपालिका भन्दा बार्षिक ३२ बर्ष पछाडि हुने देखिन्छ।
यस्तो चुनौतीपुर्ण अवस्थामा पोखरा महानगरपालिकाले पनि सम्पुर्ण पोखरामा समानुपातिक कामगर्ने कठिनाई भईरहेपनि लेखनाथलाई केहिबर्ष प्राथामिकता मा राखेर काम गर्ने हो भने काठमाडौ महानगरपालिका सगॅं रहेको आर्थिक असमानता तिव्र रुपमा घट्ने छ भने पर्यटनको राजधानी पोखरा ले वास्तविक राजधानीको रुपमा न्याय पाउने छ।
लेखक कमल लामिछाने स्थानिय पर्यटन ब्यबसायी हुन्।






Discussion about this post