• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

खानेपानीमा लाग्ने कर छुट र विद्युत महसुलमा सहुलियत दिन सरकारसँग माग

Ramsharan Nepali by Ramsharan Nepali
April 29, 2026
in समाचार, स्थानीय
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ १६ वैशाख । राष्ट्रिय स्तरको छलफलपछि खानेपानी क्षेत्रमा लाग्दै आएको कर, विद्युत महसुल तथा ब्याजदरका विषयमा सरकार सकारात्मक देखिएको संकेत प्राप्त भएको छ ।

हालै राष्ट्रीय सानासहारी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ नेपालको पहलमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र खानेपानी मन्त्रालयसँग महत्वपूर्ण बैठक तथा छलफल सम्पन्न भएको थियो । उक्त छलफलमा खानेपानी क्षेत्रमा लगाइएको कर (विशेषतः २५% कर), विद्युत महसुल छुट, ब्याजदरमा कमी, तथा हाल कायम ऐन–कानून र नियमावलीमा व्यापक परिमार्जन आवश्यक रहेको विषय उठाइएको थियो।

महासंघका प्रतिनिधिहरूले खानेपानी जस्तो आधारभूत सेवामुखी क्षेत्रमा आयकर लगाउनु उपयुक्त नहुने, यसले उपभोक्तामा थप आर्थिक भार पार्ने र सेवा विस्तारमा अवरोध सिर्जना गर्ने तर्क प्रस्तुत गरेका थिए ।

छलफल राष्ट्रीय सानासहारी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ नेपालका अध्यक्ष खेमराज ओली,सल्लहाकार चोक प्रसाद धिताल र सदस्य विद्या श्रेष्ठले अर्थ सचिव, राजस्व सचिव तथा खानेपानी सचिवलाई ज्ञापन पत्र बुझाएको कोषाध्यक्ष रक्षा भटराईले जानकारी दिएकी छन् ।

ज्ञापनमा उठाएका विषयलाई आफुहरुले आम उपभोक्ताको हितमा रहेको र खानेपानीको क्षेत्रलाई सामाजिक सेवा क्षेत्रको रूपमा हेर्नुपर्ने र यसमा कर तथा आर्थिक भार कम गर्नुपर्ने विषयमा सरकार गम्भीर रहेको बताएका थिए ।

अधिकारीहरूले सरकार यस विषयमा सकारात्मक रहेको र आवश्यक नीति तथा कानूनी सुधार मार्फत सम्बोधन गरिने विश्वास समेत व्यक्त गरेका छन्। “तपाईंहरूले उठाएको मुद्दा उचित छ, सरकार यसलाई सम्बोधन गर्ने दिशामा अघि बढ्छ,” भन्ने आशयको धारणा व्यक्त गरिएको थियो ।

यस छलफललाई खानेपानी उपभोक्ता र सरोकारवालाहरूका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । आगामी दिनमा कर छुट, विद्युत महसुलमा सहुलियत तथा ब्याजदर घटाउने लगायतका विषयमा ठोस निर्णय आउने अपेक्षा गरिएको छ ।

विशेषज्ञहरूका अनुसार, यदि सरकारले यस्ता सुधारहरू कार्यान्वयन गर्छ भने ग्रामीण तथा शहरी दुवै क्षेत्रमा खानेपानी सेवा विस्तार र गुणस्तर सुधारमा सकारात्मक प्रभाव पर्नेछ ।

Previous Post

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य

Next Post

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो
कृषी

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान
समाचार

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य
समाचार

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य

लेखनाथ नेवाः खलःको अध्यक्षमा प्रकाशलाल श्रेष्ठ
समाचार

लेखनाथ नेवाः खलःको अध्यक्षमा प्रकाशलाल श्रेष्ठ

रोटर्याक्ट क्लब अफ लेखनाथको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान
समाचार

रोटर्याक्ट क्लब अफ लेखनाथको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान

Next Post
भुपू सुरक्षा मिलन केन्द्र रत्तदान

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?