लेखनाथ, १३ बैशाख । पोखरा, १३ वैशाख । भुपू सुरक्षा मिलन केन्द्र पोखरा महानगरपालिका वडा नं २६ द्धारा आइतवार लेखनाथको विजयपुरमा आयोजित रक्तदानमा २७ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व एवम् पूर्व प्रमुख सेनानी प्रयागराज भण्डारीले कार्यक्रमका पहिलो रक्तदाता एवम् ३१ औ पटक रगतदान गरेका रक्तदाता बसन्त बञ्जारालाई व्लड व्याग हस्तान्तरण गर्दै औपचारिक रुपमा कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा बोल्दै भण्डारीले निवृत्त जीवनलाई समाजसेवामा लगाउने उद्देश्यले एकिकृत र संगठित सम्पूर्ण सैनिकहरुलाई अझ कटिबद्ध भई जागीरमा सिकेका विषयलाई सामाजिक कर्ममा लगाउन आग्रह गरे ।
मिलन केन्द्रका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसन्त बञ्जारा, सचिव टेक बहादुर केसी, सेनानी अ प्रा भिमप्रसाद लामिछाने, संस्थापक अध्यक्ष हितबहादुर थापा लगायतले आ आफ्नो भनाई राखेका थिए । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।






Discussion about this post