• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा महानगरपालिका वडा नम्बर २७ को आफ्नै भवन, सेवा प्रवाहमा सहज

Ramsharan Nepali by Ramsharan Nepali
February 7, 2025
in समाचार, स्थानीय
0
0
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २५ माघ । पोखरा महानगरपालिका वडा २७ को भवन निर्माण भएको छ । साविक लेखनाथ नगरपालिका कार्यालय परिसरको जग्गामा नवनिर्मित वडा भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

उनले प्रशासनिक भवन निर्माण जस्तै वडाबाट प्रवाह गरिने सेवासुविधा पनि चुस्तदुरुस्त बनाउनुपर्ने सुझाव दिए । उनले निर्माण जारी रहेका वडा भवनलाई पनि शीघ्र पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । जनताहरुलाई परिवर्तन भएको महसुशका लागि पनि कार्यालयद्धारा दुःख नभई सुख दिन आवश्यक भएको उनले वताए ।

शुक्रबार उद्घाटन गरिएको वडा कार्यालय भवन २४१.५८ वर्गमिटर क्षेत्रफलमा ४ करोड ४७ लाख ४२ हजार लागतमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले वडाको आफ्नै नवनिर्मित भवन उद्घाटन गर्न पाउँदा आफुलाई अत्यन्तै खुशी लागेको वताउँदै कार्यालयबाट हुने सेवा प्रवाह पनि चुस्त दुरुस्त हुने प्रतिवद्धता व्यक्त गरे ।

वडाध्यक्ष गुरुङले वडाको विकासको लागी सिंगो जनप्रतिनिधिको टिम अहोरात्र खट्ने गरेको वताउँदै जनताले चाहेजस्तो कर्मचारी नहुँदा सोचेअनुरुप काम हुन नसकेको जिकिर गरेका थिए । उनले भ्रष्टाचारविरुद्ध आफुले शुन्य सहनशिलताको निति लिएको वताउँदै वडाध्यक्षको रुपमा प्राप्त गर्ने पारिश्रमीकसमेत सामाजीक सेवामा लगाउने गरेको वताएका थिए ।

उक्त अवसरमा उनले वडाभित्रका सञ्चालन भएका विभिन्न योजनाहरु र शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, लक्षित वर्गका विभिन्न कार्यक्रमहरुको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका दलका नेता एवं वडा नं. २ का अध्यक्ष दिवशमान प्रधानाङ्गले जनप्रतिनिधिहरु शासक नभई जनताको का मगर्न आएका सेवक भएको वताउँदै सोहीअनुरुपको व्यवहार आचरण प्रस्तुत गर्नुपर्ने वताएका थिए ।

यस्तै नेपाली काँग्रेस वडा नं.२७ का सभापती नारायणमणि लामिछानेले वडाभित्रका विकास निमार्ण र योजनाहरुको विषयमा सबै राजनितिक दलहरुसँग सहकार्य र छलफल गर्न सुझाव दिएका थिए ।

नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष गोविन्द वाग्लेले राजनितिक दलहरुसँग सहकार्य गरेको नपाईएकोमा दुखः लागेको वताए । उनले भुमिहिन र अव्यव्सथीत बसोबासी, हाईटेन्सन तार व्यवस्थापन, ताल संरक्षणको विषयमा सुझाव राखेका थिए ।

नेकपा एकिकृत समाजवादीका कृष्णबहादुर रानाभाटले पर्यावरण संरक्षण र वातावारणको क्षेत्रमा योजनाहरु ल्याउन महानगरलाई सुझाव दिंदै त्यसतर्फ समयमै नसोच्ने हो भने भोली भयावह अवस्था आउन सक्ने वताए ।

उक्त अवसरमा वडा शिक्षा समितिका सदस्य चतुराखर अधिकारी, युवाहरुको तर्फबाट सुरज जंग राणा, क्लवहरुको तर्फबाट लेखनाथ क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ, टोल विकास संस्थाहरुको तर्फबाट नौविसे टोल विकास संस्थाकी अध्यक्ष शिव गिरी लगायतले आफ्नो धारणा राखेका थिए ।

Previous Post

पोखरा बन्न नसकेको पोखरा – ‘कमल लामिछाने’

Next Post

गन्धर्ब बस्तीमा लागुऔषधविरुद्ध सचेतना

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
गन्धर्ब बस्तीमा लागुऔषधविरुद्ध सचेतना

गन्धर्ब बस्तीमा लागुऔषधविरुद्ध सचेतना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?