फागुन २६, लेखनाथ – पोखरा महानगरपालिका वडा नं. ३१ बेगनासतालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस हुने भएको छ । नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा यहि चैत ११ र १२ गते हुने भएको हो ।
पोखरा महानगरपलिका तथा गण्डकी प्रदेशमा आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्य स्थल बनाउने र समग्र लेखनाथ लेखनाथ क्षेत्रको पर्यटन प्रबर्धन तथा प्रचार प्रसार गर्ने उदेश्यले उक्त ड्रागन बोट रेस सञ्चालन गर्न लागिएको होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।
होटल तथा रेस्टुरेन्ट लेखनाथको व्यवस्थापनमा र लेखनाथस्थित सम्पूर्ण सामाजिक संघ संस्थाहरु र ओभरसिज चाइना एसोसिएसन अफ पोखरा नेपालको सहयोगमा उक्त ड्रागनबोट रेस सञ्चालन गरिने होटल तथा रेन्टुरेन्ट एसोसियसन लेखनाथका महासचिव सुरेश लामिछानेले जानकारी दिए ।
साविक लेखनाथ क्षेत्रका ८ वटा वडाका वडा अध्यक्षहरु, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सल्लाहकार रहने उक्त ड्रागन बोट रेसमा चाइनाको प्राविधिक सहयोग रहने छ । ६ वटा प्रदेशबाट एउटा समूह अनिवार्य रहने र अन्य समूह उक्त चाइनाको प्राविधिक समूहले छनोट गर्ने आयोजकले बताएकोछ।
निशुल्क रुपमा सञ्चालन गरिने प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस कार्यक्रमले समग्र लेखनाथ क्षेत्रकै गौरब बढाउने भएकाले उक्त कार्यक्रममा उपस्थित भई सहयोग गर्न लेखनाथवासीलाई होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका कोषाध्यक्ष शक्तिश्री कोइरालाले आग्रह गरेकी छिन् ।
Discussion about this post