पोखरा, २५ फागुन- ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न ब्यवसायीक फर्मका २० जना सफल महिला उद्यमीलाई सम्मान गरेको छ ।
उपप्रमुखसंग महिला कार्यक्रम बाट सम्मानित हुनेहरुमा पोखरा ७ को अस्मी खाजा घर सञ्चालक शान्तिमाया गुरुङ, पोखरा ३२ मा रहेको बसन्ती पशुपन्छी तथा कृषि फर्मका बसन्ती कामी विक, पोखरा २४ मा रहेको पुष्पा पशुपालन तथा कृषि फर्मका पृष्पा कार्की, पोखरा १६ रहेको श्री सम्पूर्ण राइस मिलका दमयन्ती आचार्य, पोखरा ५ मा रहेको हाम्रो रचात्मक गार्मेन्ट, चन्द्र हस्तकला उद्योगकी चन्द्रकुमारी गुरुङ, पोखरा ३२ बडहरे पण्डित कृषि तथा पशुपन्क्षी फर्मका पुष्पलता पण्डित, पोखरा ३३ मा रहेको रातमाटे बाख्रा तथा पशुपंक्षी फर्मका पवित्रा मल्ल ठकुरी, पोखरा १५ को शितल पंक्षी फर्मका पञ्जा परियार, पोखरा १६ मा रहेको अतिथि झोला उद्योगका पार्वती थापा बस्नेतलाई सम्मान गरियो ।
त्यस्तै पोखरा भित्र संचालन भएका उद्योगहरु मध्यबाट ग्लोरी फेसन होमका शान्ति श्रीस थापा, स्वस्तिक हस्तकला उद्योगका सीता गुरुङ, दिप डेरी उद्योगका पम्फा देवकोटा, पोखरा मोर्डन बेकरीका सुनिता श्रेष्ठ, सफा सावुन उद्योगका सीता सुवेदी सिग्देल, राजिव रोशनी पशु तथा कृषि फर्म सीतादेवी भुर्तेल, हरियो एंग्रो इन्डस्ट्रीज प्रालिका रोशनी शर्मा आचार्य, ऋतु सौगातका सुन्ती पुर्जा, तमु भाग्रा हस्तकला उद्योगका पवित्रता देवी गुरुङ र विधाता हस्तकला प्रशिक्षण केन्द्रका सविता श्रेष्ठलाई सम्मान गरिएको हो ।
पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम मार्फत ऋण लगेर ब्यवसाय गरेका मध्यबाट दश जना र महानगरभित्रका अन्य दश जना सफल उद्यमी महिला गरी २० जनालाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो ।
महिला दिवस फागुन २५ गते शुक्र्रबार भएपनि शिबरात्री पर्वका कारण विदा परेकाले बिहिबार उद्यमी महिलालाई सम्मान गरेर मनाइएको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो
Discussion about this post