• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

स्वतन्त्र पत्रकार संघ कास्कीमा कृष्ण रानाभाट

Lekhnath Khabar by Lekhnath Khabar
March 8, 2024
in समाचार
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्वतन्त्र पत्रकार संघ, कास्की अध्यक्षमा कृष्ण रानाभाट निर्वाचित भएका छन् । संघको बिहीबार पोखरामा भएको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा डिल्लीराम काफ्ले, सचिवमा रजनी तामाङ, सहसचिवमा शिशिर पौडेल र कोषाध्यक्षमा राधा ढकाल निर्वाचित भए । सदस्यमा गणेश बज्र लामा, मदनराज जैसी, नवीन केसी र अल्चना श्रेष्ठ निर्वाचित भएको निर्वाचन मण्डल अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिए । रिक्त २ सदस्य मनोनीत हुने छन् ।

साधारणसभा उद्घाटन अवसरमा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले उत्कृष्ट समाज निर्माणका लागि स्वतन्त्र पत्रकारले उल्लेख्य भूमिका खेल्नुपर्ने बताए । देशमा भएका ठूला परिवर्तन पत्रकारिताकै माध्यमबाट सम्भव रहेकाले यसमा डटेर लाग्नुपर्ने उनको भनाइ थियो । भागबन्डे नीतिले विश्वविद्यालयदेखि पत्रकारिता क्षेत्र प्रभावित भएकाले त्यसतर्फ सजग रहन उनको सुझाव थियो ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकारले पदको लोभ गर्न नहुने बताए । कुनै पार्टीको सदस्य भएर काम गरेको खण्डमा स्वतन्त्र पत्रकारबाट सिधैं पदच्यूत हुने उनले बताए । न्यायका लागि लड्ने पत्रकारको हकहित र संरक्षण गर्न संस्था स्थापना गरिएको उनले प्रस्ट पारे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय पार्षद उमाकान्त शर्माले पत्रकारिताभन्दा माथि देश र जनता छन् भन्ने भावनामा रहेर पत्रकारिता गर्न सुझाव दिए ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतम, जिल्ला समन्वय अधिकारी नवराज बराल, सम्मानित व्यक्तिहरु सुरेश श्रेष्ठ, रजनी तामाङ लगायतले स्वतन्त्र पत्रकारिताबारे आ–आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा पत्रकार रजनी तामाङलाई महिला पत्रकार सम्मान र स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव सुरेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Previous Post

खेल महोत्सवको पुर्व सन्ध्यामा दौड

Next Post

पोखरा महानगर द्धारा २० जना महिला उद्यमी सम्मानित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखरा महानगर द्धारा २० जना महिला उद्यमी सम्मानित

पोखरा महानगर द्धारा २० जना महिला उद्यमी सम्मानित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?