लेखनाथ, २६ फागुन – साविक लेखनाथ नगरपालिका वडा नं ६ अर्चले हाल पोखरा महानगरपालिका वडा नं २७ अर्घौचोक निवासी पार्वती लामिछानेको ८८ वर्षको उमेरमा शुक्रवार निधन भएको छ ।
दम र निमोनियाका कारण विरामी परेकी लामिछानेको शुक्रवार आफनै निवासमा निधन भएको हो । स्वर्गीय लामिछानेको शनिवार पोखरा २७ को अर्घौचोक देखि शवयात्रा सुरु गरि हिन्दु धर्म अनुसार सेती नदिको किनार मरेखेर घाँटमा दाहसस्कार गरिएको हो ।
कम्युनिष्ट आन्दोलमा सेल्टरदाताको रुपमा सहयोग गर्दै आउनु भएकी स्वर्गीय लामिछानेको पार्थीव शरिरमा नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशमा पुर्व मुख्यमन्त्रि खगराज अधिकारीले पुष्प गुच्छाद्धारा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्वर्गीय लामिछानेका चार छोरा बसन्त (गोपाल), चिरञ्जीवि, कुल प्रसाद र सुर्यमणि लामिछाने र छोरीहरु लक्ष्मी पौडेल, शान्ति पौडेल र तुलसी पौडेल, बुहारीहरु, २१ नाती/नातिना र २३ जना पनाती/पनातीनिहरु रहेका छन् ।
Discussion about this post