• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

आफ्नै बाबुलाई कलेजो दिएर नयाँ जीवन दिएकी रञ्जनाको कथा

Lekhnath Khabar by Lekhnath Khabar
March 9, 2024
in समाचार
0
0
SHARES
448
VIEWS
Share on FacebookShare on Twitter

फागुन २६ लेखनाथ – पोखरा महानगरपालिका ३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई विसं २०७५ तिर कलेजोमा समस्या देखियो । उनले करिव चार वर्ष औषधी खाएर रोग निको पार्ने प्रयास गरेपनि विस्तारै औषधीले काम गर्न छाड्यो ।

एक वर्ष देखी रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो । लामिछानेको कलेजो क्षतिग्रष्त भएर राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रुपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए ।

देशभित्र सबै ठाउँमा प्रत्यारोपण सहज पनि छैन । कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उहाँको अवस्था लामिछानेको थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नुपर्ने र यसबाट खर्च समेत कम हुने भएकाले उहाँले परिवारसँग सल्लाह गरे ।
तीन छोरी र दुई छोराका बाबु लामिछानेको प्रत्यारोपणका लागि परिवारमा छोरा/बुहारीसँग रक्त समूह मिलेन । रोगले दिनानुदिन च्याप्दै जानु र प्रत्यारोपणका लागि उपयुक्त व्यक्ति नपाउँदा लामिछानेले जीवनको आस मारि सकेका थिए ।

तर अन्तिममा जेठी छोरी पोखरा ३० पावरहाउस बस्ने रञ्जना लामिछाने बरालको ‘ओ पोजिटिभ’ रक्तसमूह भएकाले प्रत्यारोपण गर्न मिल्ने भयो । त्यसका रञ्जनाको घरबाट समेत स्वीकृति मिल्यो । रञ्जनाले बाबुको जीवन बचाउन जोखिम उठाएर आफ्नो कलेजो बाबुलाई दिन तत्कालै तयार भईन ।

साहस पूर्वक आफ्नो कलेजो दिएर बुबालाई नयाँ जीवन दिन रञ्जना तयार भएपछि लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

कलेजो रोगका कारण थलिएर जीवन मरणको दोसाँधमा उभिनुभएका लामिछानले छोरीले कलेजो दिएपछि पुर्नजीवन पाएका छन् । छोरी रञ्जनाले साहशपूर्वक आफ्नो कलेजो दिएपछि अहिले बाबु र छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छोरा सुशीलले बताए ।
“बुबाको कलेजो प्रत्यारोपण गर्नु नै थियो तर मिलिरहेको थिएन । त्यसले गर्दा बुबालाई बचाउन सकिदैन कि भनेर हामी चिन्तित थियौँ ।”छोरा सुशीलले भने,“ अन्तिममा दिदीले दिन मिल्ने भएपछि बुबाको सफलतापूर्वक प्रत्यारोपण भएको छ । अहिले दुबै बुबा र दिदी दुबै जना स्वस्थ हुनुहुन्छ, कुनै समस्या छैन। ”

आफ्नो कलेजो बुबासँग मिल्नु र प्रत्यारोपण कार्य सफल भएपछि रञ्जना पनि खुशी छन् । बाबु/आमाका लागि जस्तोसुकै अप्ठ्यारो र दुखमा साथ दिनुपर्ने छोराछोरीको कर्तव्य आफूले पूरा गर्न पाउँदा धेरै खुशी लागेको दिदीले बताएको सुशीलले बताए । दिदीलाई एक हप्ता र बुबालाई दुई हप्ताजति अस्पतालमा राख्नुपर्ने चिकित्सकले बनाएको जानकारी दिए ।

Previous Post

लामिछाने बन्धुहरुलाई मातृशोक

Next Post

ब्रह्मेश्वर मन्दिरमा शिबलिङ्ग स्थापना एबम उद्घाटन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
ब्रह्मेश्वर मन्दिरमा शिबलिङ्ग स्थापना एबम उद्घाटन

ब्रह्मेश्वर मन्दिरमा शिबलिङ्ग स्थापना एबम उद्घाटन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?