लेखनाथ, २३ वैशाख । पोखरा लेडी जेसीज ले ‘सिप र सेवा : सफल व्यक्ती, सुदृढ समाज’ भन्ने मूल नाराका साथ जेसीज सप्ताह मनाउने भएको छ । वैशाख २५ गते शुक्रबारदेखी ३१ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमबारे बुधबार आयोजीत पत्रकार सम्मेलनमा संस्थाकी कार्यकारी उपाध्यक्ष तथा सप्ताहकी मूल संयोजक विनिता के.सी.ले जानकारी दिईन ।
संस्थाले हरेक वर्ष व्यक्तित्व तथा नेतृत्व विकास सँगै सामाजिक रूपान्तरणमा योगदान पु¥याउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष दिगो विकास लक्ष्यलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, कृषी तथा सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरनिे संयोजक के.सी.को भनाई छ ।
कार्यक्रमअनुसार वैशाख २५ गते पोखरा महानगरपालिका–३ स्थित कन्या क्याम्पस सभाहलमा उद्घाटन समारोहसँगै साइबर अपराध तथा बैंकीङ साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरिनेछ, जसमा छात्रा विद्यार्थीहरू सहभागी हुनेछन्।
वैशाख २६ गते मादी गाउँपालीका–६ स्थित श्री महारुद्र माध्यमिक विद्यालयमा विहान ८ बजेदेखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ।
वैशाख २७ गते पोखरा–२० मा माइन्युट लेखन तथा वित्तीय साक्षरता तालिम आयोजना गरिनेछ, जसमा विभिन्न संघ–संस्थाका पदाधिकारीहरू सहभागी हुनेछन्।
त्यसैगरी, वैशाख २८ गते पोखरा–१९ मा कृषकहरूका लाग कृषी स्वास्थ्य सचेतना तालीम तथा मल वितरण कार्यक्रम हुनेछ।

वैशाख २९ गते पोखरा–३० मा लेखा व्यवस्थापन तथा उद्घोषण तालिम सञ्चालन गरिनेछ, जसमा संघ–संस्थाका कोषाध्यक्ष र सचिवहरूको सहभागिता रहनेछ। सोही दिन आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई विद्यालय पोशाक पनी वितरण गरिनेछ।
वैशाख ३० गते पोखरा–२५ मा प्रजनन स्वास्थ्य तथा बाँझोपनसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ। सप्ताहको अन्तिम दिन वैशाख ३१ गते लेकसाइड स्थित विजिवि रिसोर्टमा निःशुल्क शिविर तथा समापन समारोह सम्पन्न गरिनेछ।
कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता गौतम भण्डारीले समाजप्रती सबैको समान उत्तरदायित्व रहेको उल्लेख गर्दै युवाहरूको सक्रिय सहभागितामार्फत सामाजिक रूपान्तरणलाई अघि बढाउने लक्ष्य रहेको बताइन्।
महासचवि सिर्जना आलेले कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्। कोषाध्यक्ष रेजिना कटुवालले शिक्षा, स्वास्थ्य, कृषी तथा वित्तीय साक्षरता क्षेत्रमा जनचेतना अभविृद्धी गर्ने उद्देश्य राखिएको जानकारी दिइन्। कार्यक्रमको अन्त्यमा सामुदायीक विकास क्षेत्रकी डा. नमिता अधिकारीले धन्यवाद व्यक्त गरिन ।







Discussion about this post