लेखनाथ, २० । नेपाल उद्योग बाणिज्य महासंघको ६० औं बार्षिक साधारण सभा तथा अधिबेशनमा पोखरा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष संञ्जिव बहादुर कोईरालाले उपाध्यक्षमा, पोखराकै हिरा भट्टराईले महिला सदस्य र लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष छत्रधर आत्रेयले केन्द्रिय सदस्य पदका लागि उमेदवारी दिएका छन् ।
महासंघको बैशाख २१ र २२ गते काठमाडौमा हुन लागेको ६० औं बार्षिक साधारण सभा तथा निर्वाचनका लागि कोईरालले उपाध्यक्ष, भट्टराईले महिला केन्द्रिय सदस्य र आत्रेयले जिल्ला नगर खुल्ला तर्फको कार्यकारिणी सदस्य पदमा उमेदवारी दर्ता गराएका हुन् ।
लेखनाथ उद्योाग बाणिज्य संघको अध्यक्ष पदमा रहदा ब्यवसायिक हक हितका सवालमा आवाज उठाउदै आउदा चर्चा कमाएका आत्रेयले गत वर्ष पनि केन्द्रिय सदस्यका पदमा उमेदवारी दिएता पनि केही प्राविधिक त्रुटिका कारण असफल भएका थिए भने यस पटक आफनो जित पक्का पक्की जस्तै रहेको दावा गरेका छन् ।
यस अघि लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र बाबुराम गिरी केन्द्रिय सदस्य भईसकेका छन् ।
यसै विच महासंघको विधानत केन्द्रिय समिति वनेपछि बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन हुने ब्यवस्था छ । केन्द्रिय पदाधिकारीहरुले मात्र भोट हाल्न पाउने ब्यवस्था अनुरुप यस बर्ष बरिष्ठ उपाध्यक्ष श्रीकृष्ण बैद्य र हेमराज ढकालले आ आफनो समुह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
यस वर्ष पोखराका अन्जन श्रेष्ठले विधानतह महासंघको अध्यक्ष पदको नेतृत्व समाल्ने भएकाले पनि छत्रधर आत्रेयलाई जित नजिक पुग्न केही सहज भएको संघका पुर्व अध्यक्ष बाबुराम गिरीले जानकारी दिएका छन् ।







Discussion about this post