वैदेशिक रोजगारीका लागि जाने नेपालीले जोखिमयुक्त काम गर्नुपर्ने बाध्यता छ । जसका कारण असोजमा मात्र २८ जनाको अङ्गभङ्ग भएको तथ्यांक छ ।
स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले विदेशी भूमिमा जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
झापाका सुमन गुरुङ, झापाका राम्रो कमाइ हुने भन्दै सात वर्षअघि साउदी अरब पुगे । त्यही सवारी दुर्घटनामा परेर घाइते भएका सुमन अहिले साउदी अरबमै उपचार गराउँदै छन् ।
विदेशी भूमिमा सुमन जस्तै घाइतेको संख्या धेरै छ । असोजको तथ्यांक मात्र हेर्दा पनि उनी जस्ता २८ जनाको अङभङ भएको छ । कतिपयको त उपचारका क्रममा वा दुर्घटनामा परी मृत्यु समेत हुने गरेको छ । सुमन आफ्नो पीडा यसरी सुनाउँछन् ।
नेपालबाट दैनिक १५ सय वैदेशिक रोजगारीका शिलशिलामा विदेश जाने गरेका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याङ अनुसार एक दशकको अवधिमा एक हजार २ सय ५२ युवा अङ्गभङ्ग भएर स्वदेश फर्र्केका छन् । कोही अझै पनि विदेशस्थित विभिन्न अस्पतालमा उपचाररत् छन् ।
विदेशका विभिन्न अस्पतालमा २७ नेपाली कोमामा पुगेको तथ्यांक छ । वैदेशिक रोजगारमा जादाँ त्यहाँको बारेमा उल्लेख्य जानकारी नहुँदा समस्या आउने गरेको बोर्ड बताउँछ ।
Discussion about this post