जिल्ला उद्योग वाणिज्य संघ दाङले घोराही उपमहानगरपालिका-१४, निमाहल रोडमा रहेकाे सल्यानी फेन्सी स्टोर्सका सञ्चालक बसन्ती घर्तीलाई २५ हजार प्रदान गरेको छ ।
केही दिन अगाडि अकस्मात आगलागी भएर बसन्ती घर्तीकाे फेन्सी पसलमा क्षति पुगेको थियो । उहाँको व्यवसायमा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले संघले पसलका सञ्चालक घर्तीलाई २५ हजार रुपैयाँ सहयोग गरेको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो।
संघले यस अघि पनि विभिन्न व्यवसायीहरुलाइ सहयोग गदै आएको छ । संघले सञ्चालन गरेकाे व्यावसायिक राहत कोष मार्फत सहयोग रकम हस्तान्त्रण गरिएको संघले जनाएको छ ।
Discussion about this post