• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

सरकारी निकाय एक–अर्कालाई दोष थोपर्दै पन्छिन थालेपछि भत्किएका सडक अझै बन्न सकेनन्

Lekhnath Khabar by Lekhnath Khabar
September 19, 2019
in अर्थ खबर
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री तहबाटै निर्देशन आएको थियो । तर, काठमाडौं उपत्यकाका सडकको अवस्थामा सुधार हुन सकेन । अझैपनि सडकको अवस्था कष्टकर छ । सरकारी निकायहरु एक–अर्कालाई दोष थोपर्दै पन्छिने गरेका छन् । सडकमा भएका खाल्डाखुल्डीमा पानी जम्ने समस्या उस्तै छ ।

आर्थिक वर्ष २०७६/७७ मा सडक पुनःनिर्माणका लागि २६ अर्बको माग भएपनि सडक वोर्डले जम्मा आठ अर्ब बजेट विनियोजन गरेको छ । त्यसमा पनि ७० प्रतिशत बजेट राष्ट्रिय राजमार्ग मर्मत–संहारका लागि खर्च गर्नुपर्ने सडक विभागको भनाइ छ । असोज १० गतेभित्र काठमाडौं उपत्यकाका सडकका खाल्टाखुल्डी पुर्ने भनिएपनि निरन्तर पानी परेकाले काम गर्न समस्या भएको विभाग बताउँछ । काठमाडौंमा खानेपानी, ढल लगायतका विभिन्न परियोजनाका लागि सडक खन्ने र पुर्ने गर्दा धेरै पटक टाल्नुपर्ने अवस्था आएको छ ।

मुख्यतः काठमाडौंमा चावहिल, चुच्चे पाटी, ललितपुरको ठेचो लगायतका स्थानमा सडक मर्मत हुन सकेको छैन । मर्मतका लागि २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र सडकका खाल्डा पुर्न निर्देशन दिनुभएको थियो । यसैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निरन्तरता दिनुभयो ।

गत वर्ष पनि प्रधानमन्त्री केपी शर्मा ओलीले असार अन्तिम सातामा ५० दिनभित्र सडकका खाल्डा पुर्न र सडकको मर्मत गर्न निर्देशन दिनुभयो । तरपनि राजधानीका सडकमा खाल्डाखुल्डी उस्तै छन् । काठमाडौंका सडकमा रहेका खाल्डाका कारण जनताले वर्षेनी सास्ती भोग्नु परेको छ । सडकका खाल्टाले वर्षायाममा धेरै सवारीसाधन चिप्लिएर दुर्घटना हुने गरेको छ । पैदलयात्रीलाई सवारीसाधनले हिलोले छ्याप्ने हुदाँ कर्मचारी, विद्यार्थीहरुलाई झनै सास्ती झेल्नुपरेको छ ।

Previous Post

पोखरा ट्रेड मलको दशैं, तिहार लक्षित उपहार योजना सार्वजनिक !

Next Post

मौसम पूर्वानुमान महाशाखाको अनुमान मिल्न थाल्यो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post
मौसम पूर्वानुमान महाशाखाको अनुमान मिल्न थाल्यो

मौसम पूर्वानुमान महाशाखाको अनुमान मिल्न थाल्यो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?