लेखनाथ, ५ असोज ।
पोखरा महानगरपालिका वडा नं ३२, स्थित जय रुपाताल बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिवार लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्धघाटन गर्दै पोखरा महानगरपालिकाकी उप–प्रमुख मन्जुदेवी गुरुङले सहकारीहरु सदस्यमैत्री बातावरणको लागि जोड दिनु पर्ने बताउदै सहकारी संस्थाको सञ्चालक मात्र सहकारीको विषयमा जानकार भएर नहुने भन्दै सेयर सदस्यहरु पनि सहकारीका विषयमा जानकार हुनुपर्ने कुरामा जोड दिदै महानगरले दिने सुविधामा कुनै कमी नहुने बताइन् ।
जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्रा कोइरालाले सहकारी समाजवाद उन्मुख सिद्धान्त भएको बताउँदै साधारण सभालाई सदस्यहरुले नयाँ कुरा सिक्ने अवसरका रुपमा लिनुपर्ने बताउदै सहकारीमा स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने जसले गर्दा सहकारी ठगी हुनुबाट सहकारी जोगिन्छ उनको जोड थियो ।
संस्थाका अध्यक्ष धिरजकुमार श्रेष्ठले बोलीमा भन्दा बढि काममा तल्लीन हुनु पर्ने बताउदै छरीएर रहेको पुँजीलाई एकत्रित गरी सदस्यहरुको आधारभुत आवश्यकता पुरा गर्ने उद्देश्यले सहकारीको स्थापनाले सद्भाव र व्यावसायिक एकता कायम हुने कुरामा जोड दिदै सहकारीको माध्यमबाट गाउँमा कृषि उत्पादनको क्षेत्रमा लगानी गरी राज्यका विभिन्न सुविधा र सहुलियतको सदुपयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा पोखरा ३२ का वडा सदस्य तीर्थबहादुर सुयेल, रुपा गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नारायण गुरुङ्ग, संस्थाका संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज सुवेदी, कोषाध्यक्ष मिनवहादुर थापा, महिला शेयर सदस्य शुभद्रा घिमिरे र रोषनी कार्की लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष धिरजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गणेश भण्डारीले धन्यवाद ज्ञापन र सचिव श्रीधर लामिछानेले सञ्चालन गरेका थिए भने उत्कृष्ट कारोबार गर्ने सस्थाका सदस्य नन्दलाल लामिछानेलाई सम्मान गरिएको थियो ।
Discussion about this post