• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

राइजिङ्ग स्टार युथ क्लवको रक्तदानमा ७८ युनिट संकलन

Lekhnath Khabar by Lekhnath Khabar
September 21, 2024
in समाचार, समाज, स्थानीय
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

असोज ५ लेखनाथ – पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लवले राखेको २३ औं खुल्ला रक्तदानमा ७८ युनिट रगत संकलन भएको छ ।
क्लवको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार राखिएको खुल्ला रक्तदानमा पहिलो रक्तदाता जितेन्द्र क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले हरेक तीन तीन महिनामा खेर जाने रगतलाई संकलन गरेर कसैको जीवन रक्षामा सहयोग पुग्ने हुँदा रक्तदान महादान मानिएको बताए ।

युवाहरुले समाज परिवर्तनका लागि उदाहरणीय काम गरेर देखाएकामा क्लवको प्रशंसा गर्दै स्थानीय स्तरको विकास निर्माणमा पनि युवाको साथ सहयोगको अपेक्षा गरे ।

क्लवका अध्यक्ष यमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ, प्रगति चोक आमा समाज अध्यक्ष देवी गुरुङ, कार्यक्रम संयोजक ईश्वरबहादुर खत्री लगायतले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

क्लवका उपाध्यक्ष अनिल गुरुङले स्वागत गरेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापा, लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेल, लिटल फ्लावर विद्यालयका सञ्चालक अध्यक्ष देवी खड्का, प्रिन्सिपल विकल पौडेल, नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल, पूर्व न्यायाधिश बासुदेव न्यौपाने, सनराइज क्लवका अध्यक्ष सूर्यनाथ न्यौपाने, रिठेपानी स्थित टोल सुधार समितिका अध्यक्षहरु, भूपू सैनिक क्लवका अध्यक्ष सुवेदार नरबहादुर गुरुङ लगायतको उपस्थिति रहेको कार्यक्रमका वक्ताहरुले रक्तदानको आयोजना गरेकामा क्लवलाई धन्यवाद दिएका थिए ।

क्लवका उपाध्यक्ष अनिल गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अर्जुन सापकोटाले गरेका थिए । कार्यक्रम सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गुरुङ, शुभचिन्तक हिमाल गुरुङ लगायतका युवाहरुको विशेष योगदान रहेको थियो भने रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।

Previous Post

चेतनशिल आदर्श युवा क्लबले “दशैं टोल कप २०८१” आयोजना गर्ने

Next Post

जय रुपाताल सहकारीको १२ औ वार्षिक साधारण सभा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जय रुपाताल सहकारीको १२ औ वार्षिक साधारण सभा

जय रुपाताल सहकारीको १२ औ वार्षिक साधारण सभा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?