लेखनाथ, ५ असोज । पोखरा महानगरपालिका वडा नं १४ र साविकको लेखनाथ क्षेत्र भित्र रहेका वडा नं २६ देखि ३३ सम्मका वडालाई कार्य क्षेत्र वनाउन सफल गौतम ऋषि बचत तथा ऋण सहकारी संस्थाले सेयर पुजी झण्डै ११ करोड वनाउन सफल भएको छ ।
संस्थाले शनिवार आफनो १२ औं वार्षिक साधारण सभामा एक हजार पाँच सय ८४ सेयर सदस्यहरुबाट १० करोड ८७लाख ७७ हजार आठ सय वरावरको सेयर पुजी वनाउन सफल भएको प्रगति विवरण पेश गरेको हो ।
गत आर्थीक वर्षको तुलनामा सहकारीले यो वर्ष चार सय ६४ नयाँ सेयर सदस्य थप्न सफल भई सेयर पुजी पनि दुई करोड चालिस लाख ५० हजार चार सय बृद्धि गर्न सफल भएको हो ।
गौतम ऋषि बचत तथा ऋण सहकारी सस्था र पोखरा २८ मा रहेको झाझरमारे कृर्षि पर्यटन सहकारीका विच एकिकरण भएपछि सेयर सदस्य र सेयर रकम बृद्धि भएको वताईएको छ ।
दुई सहकारी एकिकरण पछि भएको पहिलो साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा सुवेदीले सेयर सदस्यले सहकारीमा लगानी गरेको छु भनेर ढुक्क भएर वस्दा सहकारीको क्षेत्रमा समस्या देखा परेकाले स्वयम सेयर सदस्यहरु सचेत र सहकारीको आर्थीक अवस्थाका वारेमा जानकारी लिई रहनु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, शिसुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नविन प्रसाद वास्तोला, चक्रदेवि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम जमरकटेल, तालनगरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन तिवारी, मैदीताल कृषि तथा मत्स्य पालन सहकारी संस्थाका अध्यक्ष भरतराज तिवारी लगायतले सहकारीले आत्मसाथ गरेका सात सिद्धान्तलाई सहि तरिकाले पालना नगर्दा सहकारीका क्षेत्रमा समस्य देखा परेको विचार राखेका थिए ।
गौतम ऋषि बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण प्रसाद त्रिपाठीले धन्यवाद र कार्यालय प्रमुख भुवनेश्वर त्रिपाठीले कार्यक्रम संचालन गरेका थिए ।
सस्थाको १२ औं साधारण सभाका अवसरमा सस्थामा आवद्ध ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिक सुर्य वहादुर थापा र गंगा न्यौपाने, सेयर सदस्यका छोरा छोरीहरु मध्यबाट कक्षा १२ उत्रिण चार जना विद्यार्थी र सस्थाका लेखा समिति संयोजक टिकाराम सुवेदी पोखरा उद्योग बाणिज्य संघको सदस्य पदमा विजयी हुनु भएकोमा सम्मान गरिएको थियो ।
Discussion about this post