पोखरा महानगरपालिका वडा नं २७ मा रहेको रिठेपानी बचत तथा ऋण सहकारी सस्थाको सेयर सदस्य दुई हजार तिन सय २५ पुगेको छ ।
देशै भरि सहकारीका क्षेत्रमा जनआक्रसण घटिरहेको अवस्थामा पनि रिठेपानी सहकारीमा भने गत वर्ष भन्दा झण्डै सय जना नयाँ सदस्य थपिएका छन् । गत आर्थीक वर्ष सस्थामा दुई हजार दुई सय २२ सेयर सदस्य रहेको र यो वर्ष दुई हजार तिन सय २५ पुगेको हो भने सस्थाले आगामी आर्थीक वर्षमा दुई हजार चार सय ४१ पु¥याउने लक्ष्य राखेको छ ।
पछिल्लो समय सस्थाले रु एक हजारमा पनि सेयर सदस्य बन्न पाईने नियम ल्याएपछि सदस्य सख्यामा बृद्ध भई सेयर पुजी चार करोड तीस लाख ८४ हजार चार सय पुगेको सस्थाको १२ औं वार्षिक साधारण सभामा अध्यक्ष कुश प्रशाद गुरुङले जानकारी गराएका हुन् ।
सस्थाको १२ साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले सेयर सदस्यले सहकारीमा लगानी गरेको छु भनेर ढुक्क भएर वस्दा सहकारीको क्षेत्रमा समस्य देखा परेकाले स्वयम सेयर सदस्यहरु सचेत र सहकारीको आर्थीक अवस्थाका वारेमा जानकारी लिई रहनु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा सस्थाका वरिष्ठ सल्लाहकार सुवेदार जगबहादुर गुरुङ,सस्थापक अध्यक्ष यम प्रसाद गुरुङ,सस्थाका सचिव विष्णु प्रसाद पौडेल र छिमेकी टोल विकास समितिकी अध्यक्ष पार्वती भटराई लगाएतले सहकारीले अगाडी सारेका सात शिध्यान्तलाई सहि तरिकाले पालना नगर्दा सहकारीका क्षेत्रमा समस्य देखा परेको विचार राखेका थिए ।
सस्थाका अध्यक्ष कुश प्रशाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाकी कर्मचारी मञ्जु कँडेलले स्वागत र कार्यालय प्रमुख द्रौपदी गुरुङले सस्थाको वित्तिय स्थीतिका सुधारउन्मुख भएकाले ढुक्क भएर लगानीका सम्भावनाको खोजी गर्न आग्रह गरेकी थिईन ।
सस्थाको १२ औं साधारण सभाका अवसरमा असल कारोवारमा रमेश कुमाल,चन्द्र कुमारी तामाङ,नर वहादुर गुरुङ र सुमन विश्वकर्मा लाई सन्मान गरिएको थियो भने सस्थाको अध्यन अवलोक भम्रणका संयोजक सुर्य भटराई र तालिम संयोजक विष्णु गुरुङलाई समेत सन्मान गरिएको थियो ।
Discussion about this post