• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

डाँडाकोनाक देखी बिजयपुरसम्मको एकतर्फी सडक एकमहिना भित्र कालोपत्रे हुने

Lekhnath Khabar by Lekhnath Khabar
October 5, 2024
in समाचार, स्थानीय
0
0
SHARES
163
VIEWS
Share on FacebookShare on Twitter
लेखनाथ/असोज १९
पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं. २६ डाँडाको नाक देखी बिजयपुरसम्मको सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीले कामलाई तिव्रता दिएको छ । डाँडाकोनाक प्रहरीचौकी देखी विजयपुर व्यारेकतर्फको साइड एकमहिनामा कालोपत्रे गर्नेगरी कामलाई तिव्रता दिएको हो ।
डाँडाको नाक देखी बिजयपुरसम्म तीन किलोमिटर सडक मध्ये ६ लेण्ड तर्फको २ दशमलव ५ किलोमिटर सडकको एकतर्फी कालोपत्रे एक महिना भित्र सक्ने गरी काम भैरहेको ठेक्का संझौता गरेको चिनिया कम्पनी आनहुई खाईयुआन हाईवेय एण्ड ब्रिज कम्पनी लिमिटेडले जनाएको छ ।
आयोजनाको उक्त खण्डमा निर्माणका क्रममा देखिने समस्या समाधानका लागि वडा नं. २६ को कार्यालयमा आयोजना निर्माण कम्पनीका प्रतिनिधि र जनप्रतिनिधिका विच शनिवार छलफल भएको थियो ।
छलफलमा वडा अध्यक्ष नरेन्द्र थापाले वडा नं. २६ भित्र आयोजनालाई आईपर्ने जुनसुकै समस्या पनि तत्काल समाधान गरि निर्माण कार्यलाई सहजीकरण गरिने बताए । अन्तराष्ट्रिय निर्माण कम्पनीले काम गरेकाले सोही अनुसारको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्दै, अध्यक्ष थापाले सडक विस्तारलाई अवरोध गरेका विद्युत र टेलिफोनका पोलहरु तीन दिन भित्र हटाउने निर्णय समेत भएको उल्लेख गरे ।
अध्यक्ष थापाले सडकमा रहेका खाल्डा पुर्ने, बाटो र नाला निर्माण गर्दा अवरुद्ध भएका सहायक मार्गमा यातायात संचालन गर्ने र सडक निर्माण गर्दा धुलो उड्ने समस्यालाई समाधान गर्न निर्माण कम्पनीले प्रतिवद्धता जनाएको बताए । छलफलमा तालचोक देखी पोखराको सेतीसम्मको सडक खण्डका आयोजना म्यानेजर छ्वाङ जोन ताओ, साईट इन्चार्ज छन् जि लाङ र इन्जिनिर अनुप श्रेष्ठले स्थायीनको समस्या समाधान गरी आयोजनाको उक्त खण्ड निर्धारित समयमा सक्ने प्रतिवद्धता जनाएका थिए ।
नेपाल विद्युत प्राधिकरणका इन्जिनियर विकास चौधरी र टेलिकम तालचोकमा प्रमुख सुवास पौडेलले पोलका कारण सडक निर्माणमा ढिलाई नहुने स्पष्ट पारे । लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानाले आयोजना निर्माणबाट खानेपानी आपूर्तिमा प्रभाव नपर्नेगरी कार्य गर्न आग्रह गरेका थिए ।
छलफल कार्यक्रममा वडा नं. २६ का जनप्रतिनिधिहरु लक्ष्मीदेवी भट्टराई, तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, वडा सचिव लिलामणि भण्डारी, सूचना अधिकारी नवराज सापकोटा, वडाका इञ्जिनियर बिकास सुवेदी, सव इञ्जिनियर संकल्प ढुंगाना र अमिन दिवाकर सुवेदीको सहभागिता रहेको थियो ।
आयोजनाको निर्माणका क्रममा विद्युत तथा टोलिफोनको समस्या र जनगुनासो सम्वोधनका लागि वडा सदस्य सुदिपराज ढुंगाना, त्यसैगरी खाल्डो पुर्र्ने र धुलो व्यवस्थापनका लागि तिर्थबहादुर राजभाट र खानेपानीको समस्याका लागि लक्ष्मीदेवी भट्टराईलाई फोकल पर्सन तोकिएको छ । आयोजनाबाट खाल्डा पुर्ने र धुलो व्यवस्थापनका लागि इञ्जिनियर अनुप श्रेष्ठ, विद्युतको समस्याका लागि इञ्जिनियर बिकास चौधरी, खानेपानीका लागि लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानालाई समन्वयनको जिम्मेवारी समेत बैठकले तोकेको छ ।
Previous Post

रिठेपानी बचत तथा ऋण सहकारी सस्थाको १२ औ साधारण सभा

Next Post

ज्ञानकुञ्ज विद्याश्रममा चाडपर्वहरुको शुभकामना आदान प्रदान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव
अर्थ खबर

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे
समाचार

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग
समाचार

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग

वडा कार्यालय भवनको शिलन्यास
समाचार

वडा कार्यालय भवनको शिलन्यास

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न
समाचार

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

Next Post
ज्ञानकुञ्ज विद्याश्रममा चाडपर्वहरुको शुभकामना आदान प्रदान

ज्ञानकुञ्ज विद्याश्रममा चाडपर्वहरुको शुभकामना आदान प्रदान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?