लेखनाथ/असोज १९
पोखरा ३१ मा रहेको ज्ञानकुञ्ज विद्याश्रम मोहरियामा बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम बिद्यालय प्राङ्गणमा शनिवार सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा बिश्वबिधालयका पुर्व कार्यवाहक उपकुलपति तथा त्रिवेणी इन्टर्नेशनल कलेजका शैक्षिक सल्लाहकार प्रा.डा. ईन्द्र प्रसाद तिवारीले नेपालीहरुको महान पर्वहरु बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना ब्यक्त गर्दै पुस्तकको ज्ञानले मात्र नभई ब्यबहारिक ज्ञान आजको आवश्यकता रहेको बताउनुभयो।
त्यस्तै युनिप्सका अध्यक्ष विश्व राज खनाल, बिधालयका संचालक समिति सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, प्रधानाध्यापक युधिष्ठिर पौडेल तथा अभिभावकको तर्फ़ बाट बिन प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो।
बिधालयका अध्यक्ष रामकृष्ण लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रम कार्यक्रममा बिद्यार्थीहरु द्वारा दशैँ तिहार लक्षित नृत्य तथा गित हरु प्रस्तुत गरेका थिए। बिद्यालयका पुर्व बिद्यार्थीहरु, बिद्यालयका पुर्व बस चालक तथा खेलाडी स्वस्तिका थारु लाई सम्मान गरिएको थियो।
Discussion about this post