लेखनाथ, १४ असोज ।
ङयोए तमु धिं को अध्यक्षामा पुन मेजर रामप्रसाद गुरुङ चयन भएका छन । शनिबार सम्पन्न संस्थाको २३ औं साधारण सभा तथा १० औं अधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सुवेदार मेघ बहादुर गुरुङ, प्रथम महिला उपाध्यक्षमा काशीमाया गुरुङ, महासचिवमा राजु गुरुङ, उप महासचिवमा तारादेवी गुरुङ, कोषाध्यक्षमा मन देवी गुरुङ, सदस्यहरुमा विष्णुप्रसाद घले, विष्णु गुरुङ, खेम बहादुर गुरुङ, तिजमाया गुरुङ, बेलमाया गुरुङ, दुर्गा बहादुर गुरुङ, सुर्यबहादुर गुरुङ र चुन बहादुर गुरुङ रहेका छन ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले कुनै पछि समुदायको पहिचान भनेको उसको भाषा संस्कृति भएकाले तमु समुदायको भाषा संस्कृति संरक्षणको लागी तमु पाठशालाको स्थापना गनुपर्ने आवश्यकता रहेको वताएका थिए । उनाले पाठशला स्थापनाका लागी संघ र प्रदेश सरकार सँग समन्वय गर्दै वडाको तफृबाट पनि सक्दो सहयोग गर्ने वताएका थिए ।
यस्तै पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले तमु समुदायको हक अधिकार स्थापित गर्न सबै एकतावद्ध हुनुपर्नेमा जोड दिएका थिए । तमु समुदायमा विशेष गरि राजनितिक चेतनाको कमि भएको वताउँदै यसतर्फ पछिल्लो पुस्ताहरुले पनि चासो राख्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, महिलाहरुको तर्फबाट देवी गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चिन बहादुर गुरुङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव काशीमाया गुरुङले गरेकी थिईन ।
Discussion about this post