लेखनाथ, १३ असोज । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सिर्जना बहिरा आवासिय माविका विद्यार्थीहरुको शौक्षीक विकासमा सहयोग पुग्ने गरि एक लाख वरावराको अक्षयकोष स्थापना गरिएको छ ।
पुरानो घर पर्वत भई हाल पोखरा महानगरपालिका वडा नं १० अंमरसिहचोक निवासी पुर्व वेलायती सेना गुमान सिह गुरुङ र उनकै भाई झमान सिंह गुरुङले स्वर्गीय वल बहादुर क्षेत्रीको स्मृतीमा अक्षयकोषका लागि एक लाख सहयोग गरेका हुन् ।
आफनो घरमा वर्षै देखि वसोवास गर्दै आएका स्वर्गीग क्षेत्री वहिरा भएकाले उनेको सम्झनामा वहिरा विद्यार्थीहरु कै लागि सहयोग गरौं भन्ने उदेस्यले गुरुङ परिवारले सिर्जना वहिरा स्कुलमा अक्षयकोष स्थापना गरेको वताईएको छ ।
वेलायतमा रहेका गुमानसिह गुरुङले नेपाल आएको समयमा अक्षयकोषका लागि एक कार्यक्रमका विच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ र प्रधानाध्यापक सुनिल भण्डारीलाई उत्त रकम हस्तान्त्रण गरेका हुन् ।
Discussion about this post