• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिनुपर्छ–पुर्वअध्यक्ष मुल्मी

लेखनाथ उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा

Ramsharan Nepali by Ramsharan Nepali
September 28, 2024
in समाचार, स्थानीय
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली/लेखनाथ, १२ असोज ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने बताएका छन । शनिबार लेखनाथ उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुु्ल्मीले असहज आर्थिक अवस्थाको मार खेपीरहेको निजी क्षेत्रलाई राजनीती, कर्मचारीतन्त्र एवं नागरीकस्तरको तर्फबाट हेर्ने दृष्टिकोण समेत नकारात्मक बनाईएको भन्दै यसले निजी क्षेत्रलाई अर्को ठुलो मार परेको वताएका छन । अहिले व्यवसायीहरुप्रती विभिन्न किसीमका गलत आक्षेप लगाईने र धारणा बनाईने गरिएको वताउँदै निजी क्षेत्रले आफ्नो छबिलाई सुर्धानको लागी असल व्यवसायतर्फ उन्मुख हुन जरुरी रहेको वताएका थिए ।

मुल्मीले सरकार अहिले जटिल अवस्थाबाट गुज्रिरहेको र अनेकन चुनौतीहरुका सामना गर्न परिरहेकाले निजी क्षेत्रको हातेमालो बिना सरकार सफल नहुने दावी गर्दै सहकार्यको लागीसरकारले पनि निजी क्षेत्रमैत्री वातावरण बनाउन्पर्ने वताएका थिए । उनले अव पनी सरकार र निजी क्षेत्रको सामञ्जस्यता नभएको खण्डमा नेपालको आर्थिक प्रणालीमै झन विचलन आउन सक्ने कुराहरुले आफुहरु तर्सिरहेको उनले वताएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व सासंद दिपक कोईरालाले अबको समय आर्थिक क्रान्तिको भएको वताउँदै देशका राजनितिक दलहरुलाई ठिक बाटोमा ल्याउन उद्योगी व्यवसायीहरुसँग आग्रह गरे । उनले हरेक राजनितिक दलहरुले आर्थिक सम्मृद्धिको एजेण्डा बनाउनुपर्ने, रोजगारीको सृजना कसरी गराउने भन्ने विषयमा पार्टिभित्र बहस हुनुपर्ने अहिलेको आवश्यकता भएको वताउँदै दलहरुलाई यो दिशामा अग्रसर गराउन निजी क्षेत्रले भुमिका खेल्नुपर्ने वताएका थिए ।

यस्तै राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष कमलनयन गौतमले आर्थिक वातावरणको दृष्टिकोणले अहिलेको अवस्था कठिन भएपनि व्यवसायीहरुले हरेस खान नहुने वताएका थिए । उनले लेखनाथका व्यवसायीहरुको एकता र आपसी सद्भावको प्रशंसा गर्दै देशभरका अन्य संघ संस्थाले पनि यसबाट पाठ सिक्नुपर्ने वताएका थिए ।

कार्यक्रममा संघका पुर्वअध्यक्षहरु बाबुराम गिरी, चतुराखर अधिकारी, पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, सम्पुर्ण जिल्ला/नगर उद्योग वाणिज्य संघको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्की, महिला उद्यमीहरुको तर्फबाट सावित्री भटृराई लगायतले बोलेका थिए ।

३ जना पुरस्कृत
लेखनाथ उद्योग वाणिज्य संघकोे २८ औं वार्षिक साधारणसभाको अवसरमा संघले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरी समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेका भन्दै ३ जनालाई पुरस्कृत गरेको छ । संघले जेष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य कार्य गरेकोमा संघले राष्ट्रिय जेष्ठ नागरीक कोषका संस्थापक अध्यक्ष रामकृष्ण कर्माचार्यलाई चन्दैलक्ष्मी ज्येष्ठ नागरिक सम्मान पुरस्कार प्रदान गरेको हो । संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्धारा स्थापीत उक्त पुरस्कारको राशि नगद १ लाख १ हजार रहेको छ ।

उक्त अवसरमा वातावरण तथा सरसफाईको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई प्रदान गरिने वातावरण तथा सरसफाई पुरस्कारबाट राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष कमलनयन गौतम सम्मानीत भएका छन । संघका पुर्व कार्यसमिति सदस्य कृष्णप्रसाद ढुंगाना द्धारा स्थापित उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैंया रहेको छ । उनले २०६८ सालदेखी गर्दै आएको वृक्षारोपण कार्यक्रमदेखी छाडा चौपायालाई व्यवस्थीत गर्न सञ्चालन गरेको गौशालाको विषयमा चर्चा गरिएको थियो ।

यस्तै पत्रकारीताको माध्यमबाट आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने आर्थिक पत्रकारिता पुरस्कार स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष एवं आर्दश समाजका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोलालाई प्रदान गरिएको छ । संघका पुर्व कार्यसमिति सदस्य सुर्यमणि लामिछानेद्धारा स्थापित उक्त पुरस्कारको राशि नगद १५ हजार रहेको छ ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन भने धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

Previous Post

पर्यटकीय विकासको लागी लेउवासंघद्धारा प्रदेशस्तरीय गोष्ठी सम्पन्न

Next Post

सृजना बहिरा स्कुलमा अक्षयकोष

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
सृजना बहिरा स्कुलमा अक्षयकोष

सृजना बहिरा स्कुलमा अक्षयकोष

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?