• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पर्यटकीय विकासको लागी लेउवासंघद्धारा प्रदेशस्तरीय गोष्ठी सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
September 27, 2024
in समाचार, स्थानीय
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ असोज । गण्डकी प्रदेश भित्र रहेका ११ जिल्लाका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधीहरुको प्रदेश स्तरिय गोष्ठी शुक्रबार लेखनाथमा सम्पन्न भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघद्धारा आयोेजीत गोष्ठीलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणासँगै पोखराको पर्यटन विकासका लागि सक्दो प्रयास गरिरहेको बताएका छन् । प्रदेश सरकारले आफ्नो दोस्रो पञ्चवर्षीय योजनामा पर्यटकीय राजधानीका रूपमा विकास गर्न आफ्ना कार्यक्रम अगाडि ल्याएको जानकारी दिए ।

सीमित स्रोत साधनबीच पनि यहाँका पर्यटकीय गन्तव्यको संरक्षण, विकास र प्रवर्द्धन गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले पोखरामा संसारभरिका नागरिकलाई आकर्षित गर्ने थलोका रूपमा विकास गर्ने बताए। यहाँ आउने पर्यटकका लागि सडक र हवाई मार्ग सहज बनाउनुका साथै उनीहरू स्वतन्त्र रूपमा घुम्न पाउने वातावरण सरकार र पर्यटन व्यवसायीले बनाउनुपर्नेमा उनले जोड दिए।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न आफैँले विभिन्न देशका प्रतिनिधि र एयरलाइन्स कम्पनीसँग कुराकानी गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए। पर्यटकीय पदमार्ग सडकका कारण लोप हुँदै गएकाले गण्डकी प्रदेश सरकारले नयाँ पदमार्गको विकास गर्ने, साहसिक खेलकुदको विकास गर्ने र ताल, हिमाल र विभिन्न स्थानिय संस्कृतिहरुको माध्यमबाट पर्यटक भित्राउन सकिने उहाँको भनाई थियो ।

पर्यटन बिकास भनेको वाहिय पर्यटन मात्र नभइ आन्तरिक पर्यटन हाम्रो पहिलो काम भएकाले पहिला घरदेश र अनि मात्र परदेशको योजना लिएर अगाडी वढ्न समेत मुख्य मन्त्रीको सुझाव थियो ।

उक्त अवसरमा गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले पर्यटन नीति बनाएर विदेशी पर्यटक बढीभन्दा बढी भित्र्याउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए। विविधतापूर्ण नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या अत्यन्तै न्यून भएकाले भारत र चीनबाट मात्र पर्यटक तान्न सके पनि पोखरामा लाखौँ पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । अधिकारीले निर्माणाधिन राजमार्ग सम्पन्न भएपछि पोखरामा पर्यटकहरुको आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रदेश सरकारको सफलतामा उद्योगी व्यवसायीहरुको महत्वपुर्ण भुमिका हुने वताउँदै सरकारको सफलतामा सबै प्रदेशवासीको सफलता हुने वताएका थिए । उनले समग्र प्रदेशको सम्मृद्धिका लागी उद्योग र पर्यटनको अवसरको खोजी हुनुपर्नेमा जोड दिंदै यसमा प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा पर्यटकिय सम्भावना तथा विकास सम्वन्धमा पर्यटन विज्ञ श्रीकान्त शर्मा खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए । खतिवडाले अन्तर्राष्ट्रिय हवाई कम्पनिले यात्रु अभावमा पोखरामा उडान संचालन गर्न अहिलेसम्म आनाकानी गरेको अवस्थामा सरकारले आर्थिक क्षेत्रमा केही सहज हुनेगरि प्याकेज दिएकोले भविश्यमा उडान संचालन गर्न सक्ने सम्भावना देखिएपनि व्यावसायिक सम्भावना कमजोर भएमा पुन फिर्ता हुन सक्ने भएकोले त्यसतर्फ ध्यान दिएर योजना बनाउनुपर्ने सुझाउँछन् ।

त्यस बाहेक अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न निजी क्षेत्रले तत्काल कदम चाल्नुपर्ने उनको सुझाव छ । ‘निजी क्षेत्रले अन्तर्राष्ट्रिय पर्यटन बजारमा गएर व्यावसायिक भूमिका निभाउनु पर्छ । हवाई कम्पनि र पर्यटन क्षेत्र मिलेर पोखरा घुम्न आउने पाहुनाका लागि प्याकेज बनाउनुपर्छ,’ उनले भने,पोखरालाई ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) को गन्तव्यको रुपमा पहिचान दिलाउन प्रयास गरेमा विमानस्थलको उडान नियमित गर्न सहज हुने उनले बताए।

उक्त कार्यपत्रका आधारमा पर्यटन व्यवसायी एवं सरोकारवालासँग छलफल गरिएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सरकारले लगानीमैत्री वातावरण सृजना गर्नुमा जोड दिदै अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने र पर्यटन प्रवद्धनमा सम्पुर्ण प्रदेशवासी लाग्नु पर्नेमा जोड दिएका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठकोे अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जानुका अधिकारीले गरेकी थिईन भने संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।

Previous Post

साईवर अपराध तथा वैकिङ्ग कसुर सम्वन्धि कानुनी प्रशिक्षण

Next Post

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिनुपर्छ–पुर्वअध्यक्ष मुल्मी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिनुपर्छ–पुर्वअध्यक्ष मुल्मी

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिनुपर्छ–पुर्वअध्यक्ष मुल्मी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?