लेखनाथ, १० असोज । लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रले साईवर अपराध तथा वैकिङ्ग कसुर सम्वन्धि १ दिने कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा वाेल्दै प्रमुख अतिथि पाेखारा महानगरपालिका वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले केन्द्रले लागुआैषध दुर्वेसन तथा समाज परिवर्तनका क्षेत्रमा गरेकाे कामकाे प्रशंसा गर्दै अझ यसलाई निर्मुल पार्नुपर्नेमा सवै अग्रसर भएर लाग्नुपर्नेमा जाेड दिए ।
साेहि कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष माेति गिरी, पुलचाेक पट्नेरी टाेल विकास संस्थाका अध्यक्ष वल वहादुर विक लगाएतले शुभकामना, स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण सुवेदी र सञ्चालन सचिव रिजालले गरेका थिए ।
कार्यक्रममाथी जानकारी सामुदायिक प्रहरी सदस्य सन्ताेष सर्कालीले र प्रशिक्षण ईलाका प्रहरी कार्यलय डाडानाकका ईन्पेक्टर हरि सलामीले गरेका थिए । संस्थाकी अध्यक्ष गंगा कुमारी खनालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
Discussion about this post