• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा ट्रेड मलको दशैं, तिहार लक्षित उपहार योजना सार्वजनिक !

Lekhnath Khabar by Lekhnath Khabar
September 19, 2019
in समाचार
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

पोखराको सबैभन्दा ठुलो व्यावसायिक भवन पोखरा ट्रेड मलले नेपालीहरुको महान पर्व दशैं, तिहार, छठलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ ।
बिगत वर्षहरुमा पनि विभिन्न उपहार योजना ल्याएको मलले यसपटक ग्राहकलाई बम्पर उपहार अन्तर्गत १५० सिसी क्षमताको यामाहाको एफ.जेट.एस मोटरसाइकल प्रदान गर्ने गरी उपहार योजना सार्वजनिक गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गरी मलले उपहार योजना सार्वजनिक गरेको हो । ५ जनाले डोकोभरी उपहार प्राप्त गर्न सक्ने दसैंतिहार उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिए । योजना अवधिभर ४ जनाले जनही ५० हजार रुपैयाँ पुरस्कार जित्न सक्नेछन् । अन्य ग्राहकका लागि लाखौं रुपैयाँ बराबरको नगद तथा सपिङ भौचरको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उपहार योजनामा सहभागी हुन ग्राहकले मल भित्रका जुनसुकै पसलबाट न्युनतम ५ सय रुपैयाँ बराबरको सपिङ गर्नुपर्नेछ । ५ सय रुपैयाँको सपिङमा एउटा कुपन र २ हजार रुपैयाँको सामान खरिदमा ३ वटा कुपन ग्राहकले पाउनेछन् । ५ हजार रुपैयाँको खरिदमा ग्राहकले १० वटा कुपन प्राप्त गर्नेछन् ।
१० वटा कुपन मलभित्र रहेको काउन्टरमा जम्मा गरेपछि ग्राहकले ज्याकपट कुपन प्राप्न गर्ने त्रिपाठीले जानकारी दिए । ज्याकपट कुपन काउन्टरमा रहेको बाकसमा जम्मा हुनेछ । १५ दिनसम्म जम्मा भएको ज्याकपट कुपन मध्यबाट भाग्यमानी ग्राहकलाई ५० हजार रुपैयाँ बराबरको नगद तथा सपिङ भौचर प्रदान गरिने बताइएको छ । २ जनाले डोकोभरी उपहार प्राप्त गर्नेछन् । मलको उपहार योजना असोज ५ गते सुरु भइ मंसिर ४ गतेसम्म जारी रहने बताइएको छ । मंसिर ८ गते बम्पर उपहार छनौट गरिनेछ ।
रचनात्मक काम गर्ने उद्देश्यले उपहार योजना सञ्चालन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नाफा मात्र कमाउने उद्देश्य नलिई सामाजिक उत्तरदायित्व बहन गर्नका लागि पनि विभिन्न समयमा उपहार कार्यक्रम लगायतका रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको कम्पनीका प्रवन्ध निर्देशक मीनराज काफ्लेले बताए । नियमित तथा अन्य ग्राहकलाई आकर्षण गर्न उपहार कार्यक्रम प्रभावकारी विश्वास गरिएको छ ।

Previous Post

५ करोड लगानीमा बगरमा खुल्यो पानी पंधेरो डिपार्टमेन्ट स्टोर्स

Next Post

सरकारी निकाय एक–अर्कालाई दोष थोपर्दै पन्छिन थालेपछि भत्किएका सडक अझै बन्न सकेनन्

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सरकारी निकाय एक–अर्कालाई दोष थोपर्दै पन्छिन थालेपछि भत्किएका सडक अझै बन्न सकेनन्

सरकारी निकाय एक–अर्कालाई दोष थोपर्दै पन्छिन थालेपछि भत्किएका सडक अझै बन्न सकेनन्

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?