केही समयअघिसम्म मौसम पूर्वानुमान महाशाखाको अनुमान पत्यार लाग्दो हुँदैन थियो । तर, हिजो–आज अनुमान मिल्न थालेको छ । हाल महाशाखाले ३ दिनसम्मको पूर्वानुमान गर्ने गरेको छ । तर, अझै पूर्वाधार र जनशक्तिका अभावका कारण लामो समयको अनुमान गर्न सकेको छैन ।
मौसम पूर्वानुमान विभिन्न चरणमा गर्ने गरिन्छ ।
यी बाहेक सिजनल फोरकास्ट जसमा हरेक सिजनको पूर्वानुमन अर्को कलाईमेट फोरकासस्ट अर्थात कलाइमेट चेन्ज प्रोजक्सन जसमा १० वर्ष देखी एक सय बर्ष सम्मको पूर्वानुमान गर्ने अन्तर्राष्ट्रिय पद्धतिछ । नेपालमा अहिले १५ स्थानमा जलवायु मापन स्टेशनहरु रहेका छन भने ९ वटा लाईटिनिङ डिडेक्टिङ स्टेशन, एउटा अपरहेड रेडियोसुन स्टेशन रहेका छन् । जसबाट छोटो समयको पूर्वानुमान गर्न सकिन्छ । पृथ्वीको सतहबाट मात्र नभई वायुमण्डलमा भइरहेको परिवर्तनका आधारमा मौसम पूर्वानुमान गर्नु पर्ने भएकोले नेपालमा त्यसका लागि आवश्यक प्रविधि र दक्ष जनशक्तिको अभाव छ ।
वातावरणमा हुने परिवर्तन पृथ्वी र वायुमण्डलको ताप, हावा, वास्पीकरणका कारण क्षण भरमा नै परिवर्तन हुन्छ । जति लामो समयको पूर्वानुमान गरिन्छ त्यतिनै अनुमान नमिल्ने सम्भावन हुने मौसमविद्हरु बताउँछन् । जलवायुका कारण नेपालमा हुने नोक्सनी न्युनिकरण गर्न विभागले हाई टेक्नोलोजीको विकासमा जोड दिएको छ । अहिले नाउकास्टिङकालागि सुर्खेतमा राडर स्थापना गरिएको छ । यस्तै, यो वर्ष उदयपुर र पाल्पामा पनि थप २ वटा राडारका लागि स्वीकृत भएको छ ।
Discussion about this post