लेखनाथ २० जेष्ठ । घर घरमा पानी सभ्यताको निशानी,आफनो घर आँगन टोल आफै सफा राखौं भन्ने मुल नाराका साथ स्थापना भएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको २१ औं बार्षिक क्षेत्रिय साधारण सभा तथा छैठौ अधिवेशन सुरु भएको छ ।
साविक लेखनाथ नगरपालिका हुदाँका वडालाई उपभोक्ताको आधारमा १० वटा क्षेत्र निर्धारण गरि कुल १७ हजार आठ सय दुई धाराबाट खानेपानीको ब्यवस्था मिलाउदै आएको सस्थाले यहि जेष्ठ १५ गते देखि २३ गतेसम्म क्षेत्रगत सभा गर्ने कार्यतालिका तय गरेको छ ।
यसैक्रममा सस्थाले सोमवार सम्ममा ६ वटा क्षेत्रको क्षेत्रगत सभा सम्पन्न गरिसकेको छ भने बाकी रहेका ४ वटा क्षेत्रको क्रमस गर्दै जाने र अन्तिममा मुल समितिको अधिवेशन सहित निर्वाचन गर्ने योजना रहेको छ ।
अहिलेसम्म सम्पन्न क्षेत्र नं १ (साविक वडा नं १)मा कमल गुरुङको संयोजकत्वमा १५ सदस्ययी समिति चयन भएको छ भने क्षेत्र नं २ (साविक वडा नं २)मा गंगा तामाङ संयोजक रहेको १३ सदस्य र क्षेत्र नं ३ (साविक वडा नं ३)मा वल वहादुर गुरुङ संयोजक रहने गरि १३ सदस्यी क्षेत्रिय समिति चयन गरिएको हो ।
यसैविच क्षेत्र नं ४ को (साविक लेखनाथ वडा नं ६)मा नयाँ समिति चयन गर्नेका लागि भएको प्रयासमा राजनितीक भागबन्डा कै आधारमा कुरा नमिल्दा स्थगित भएको छ भने क्षेत्र नं ५र ६ मा मंगलवार भएको साधारण सभाले समिति चयन गर्न नसकेपछि सहमतिका आधारमा नयाँ समिति बनाउने प्रयास रहेको छ ।
यस अघि भएको बिभिन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापा, वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ, वडा नं ३० का वडाअध्यक्ष दुर्गा सुवेदीले लेखनाथवासीलाई खानेपानीको ब्यवस्था मिलाउनका लागि उपभोक्ता सस्था र तिनै तहको सरकारका विच सहकार्यको खाचो औल्याएका थिए ।
सोही अवसरमा सस्थाका अध्यक्ष मुरारी शर्मा,निर्वतमान अध्यक्ष विष्णु प्रसाद वराल,पुर्व अध्यक्ष बोधराज लामिछाने,लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वास्तोला,निर्वाचन संयोजक नवराज सापकोटा लगाएका वक्ताहरुले खानेपानीको संचालनमा ल्याउदा देखिको ईतिहास र आगामी दिनमा खानेपानीका मुहानकोे संरक्षण गर्दै बैकल्पीक योजनको खोजी गर्दै अगाडी वढ्नु पर्ने आवस्यकता दर्शाएका थिए ।






Discussion about this post