बैशाख २६, लेखनाथ
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा “मानसिक तथा मनोसामाजिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ
पोखरा महानगरपालिका वडा नं. २७ स्थित तरुण आधारभूत प्राथमिक विद्यालयमा शनिवार सम्पन्न अभिमुखीकरण कार्यक्रम लाई पोखरा २७ वडा कार्यालय, उन्नतशील महिला समुह, ठूलीपोखरी टोल विकास संस्था, ठूलोपोखरी महिला कृषि उद्यमी समूह, जागृति टोल विकास संस्था तथा जनएकता युवा क्लबले समन्वय गरेका थिए।
कार्यक्रममा मनोपरामर्शदाता ईश्वरी लामिछाने ढकाल तथा पवित्रा शर्माले सहजीकरण गरेका हुन् भने स्थानिय टोल बिकाश, आमा समूह तथा क्लवका सदस्य हरु को उपस्थिति रहेको थियो।
दिननाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिका वडा नं. २७ का जनप्रतिनिधि सूर्यबहादुर वाग्ले तथा अतिथि पार्वती पौडेल रहेका थिए भने कार्यक्रम सञ्चालन गोबिन्द वाग्लेले गरेका थिए।






Discussion about this post