लेखनाथ ,जेष्ठ ३ । पेशागत बीमा अभिकर्ता सङ्घ नेपाल, एलआइसी नेपाल लिमिटेड बिमक शाखा समिति लेखनाथको पाँचौं बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले प्रतिक्षा रानाभाट अध्यक्षमा चयन गरेको छ ।
आगामी दुई वर्षे कार्यकालको लागि निर्वतमान कार्यसमितिकी उपाध्यक्ष,लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य तथा लायन्स क्लव देखि सामाजिक संघ सस्थामा क्रियाशिल रानाभाट सर्वसम्वत रुपमा अध्यक्षमा चयन भएकी हुन् ।
यसैगरि समितिको समितिको उपाध्यक्षमा मुरलीमोहन तिवारी, सचिवमा याममाया भुजेल(पुर्णीमा), कोषाध्यक्ष गीता बिमली, सह सचिवमा कल्पना हमाल र सदस्यहरुमा बिनोद बराल, शुशिला पौडेल, विद्यादेवि बस्नेत थापा, सनीमाया राना पुन, तुलसा पौडेल पण्डीत र गणेश विश्वकर्मा रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पेशागत बीमा अभिकर्ता सङ्घ एल आइ सी नेपालका केन्द्रिय उपाध्यक्ष शंकर बहादुर कुवँरले अभिकर्ता भएर जिवनयापनका लागि आर्थीक आर्जन गर्नु एउटा पाटो हो भने यसको अलवा सामाजिक कार्य समेत रहेको बताए । साथै उनले हामी हाम्रो परिवार प्रति कती उत्तरदायी छौं भन्नुका खातिर पनि जीबन विमा अनिवार्य रहेकोमा जोड दिएका थिए ।
सोही अवसरमा बरिष्ठ अभिकर्ता रुक बहादुर गुरुङले देशमा वदलिदो राज्य प्रणाली सगै विमा क्षेत्रमा तत्कालका लागि विमित र अभिकर्तालाई केही अब्ठारोको महशुस भएपनि यसले कालन्तरमा सवैलाई सहयोग र सहज हुने विश्वास दिलाएका थिए ।
यसैगरि कार्यक्रममा एल आइ सी नेपाल लिमिटेड बिमक शाखा समिति लेखनाथका सल्लाहकार रामप्रसाद आचार्यले आफनो पेशालाई मर्यादीत र प्रभावकारी वनाउन अभिकर्ताले जिवन बिमाको बारेमा तल्लो तहसम्म पु¥याउन सक्ने हो भने राज्यको आर्थीक ब्यय भारमा पनि सहयोग पुग्ने धारणा राखेका थिए ।
साखा समिति लेखनाथका अध्यक्ष शुन्दर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष भीमपाणि बराल, एल आइ सी नेपाल लिमिटेड बिमक गण्डकी प्रदेशका अध्यक्ष नवराज दुरा,केन्द्रिय सदस्य विमल भण्डारी,लेखनाथ शाखाका साखा प्रमुख सुरज भट्ट,पोखरा शाखाकी अध्यक्ष रञ्जना भण्डारी,उत्कृष्ठ अभिकर्ता पुर्णीमा भुजेल लगाएतले आ आफनो धारणा राखेका थिए ।
लेखनाथ शाखाका सचिव बल बहादुर श्रेष्ठले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष प्रतिक्षा रानाभाटले गरेकी थिईन ।






Discussion about this post