लेखनाथ,३ जेष्ठ । लेखनाथ क्षेत्र भित्र छरिएर रहेका मोटरसाईकल वर्कसपहरुको साझा संस्था लेखनाथ मोटरसाईकल वर्कसप (मेकानिकल) एशोसियसनको प्रथम साधारण सभा तथा अधिबेशनले अनिल केसी लाई अध्यक्षमा चयन गरेको छ ।
यस अघि गठन भएको तदर्थ समितिले सस्थालाई पुर्णता दिदै सर्वसम्वत रुपमा अनिल केसीलाई अध्यक्षमा चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सम्सुल मियाँ, सचिवमा प्रकाश देवकोटा, सह सचिवमा नबिन सुवेदी, कोषाध्यक्षमा जावेद आलम र सदस्यहरुमा बुद्धि तिमिल्सेना, बसन्त वाँस्तोला, विष्णु घिमिरे, आशिष अधिकारी, मुकश पासवान र सन्तोष चौधरी रहेका छन् ।
यसैगरि ब्यवसायिक हक हित ग्राहको सेवालाई ध्यानमा राख्दै बजार अनुगनका लागि विक्रम राईको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति चयन गरेको छ । जसको सदस्यमा भोला शर्मा,पिन्टु शाह, सलिम खान र सुजित जसवाल रहेको बताईएको छ ।






Discussion about this post