• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथलाई पुनः नगरपालिका कायम गर्न सर्वदलीय ऐक्यबद्धता

Ramsharan Nepali by Ramsharan Nepali
May 24, 2026
in समाचार, स्थानीय
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १० जेठ । साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने मागसहित आयोजित वृहत अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, बुद्धिजीवी, उद्योगी–व्यवसायी, समाजसेवी तथा स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन्। लेखनाथ पुनर्स्थापना पहल समितिको आयोजनामा आइतबार तालचोकस्थित लेखनाथ पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पोखरा महानगरपालिकाको संरचनाले लेखनाथ क्षेत्रलाई ओझेलमा पारेको भन्दै अब पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा सहभागीहरूले स्थानीय तह पुनःसंरचनाको क्रममा साविक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा विलय गर्नु भौगोलिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले त्रुटिपूर्ण निर्णय भएको बताएका थिए। उनीहरूले विशाल भूगोल र असन्तुलित प्रशासनिक संरचनाका कारण स्थानीय जनताले सेवा प्रवाहमा कठिनाइ भोग्नुपरेको, विकास निर्माणमा अपेक्षित प्राथमिकता नपाएको तथा लेखनाथको छुट्टै पहिचान र अस्तित्व कमजोर बनेको गुनासो गरेका थिए।

वक्ताहरूले कास्की जिल्लाको स्थानीय तह पुनःसंरचना अन्य जिल्लाको तुलनामा असन्तुलित रहेको उल्लेख गर्दै पोखरा महानगरपालिकाको क्षेत्रफल, जनसंख्या र प्रशासनिक व्यवस्थापनबीच ठूलो अन्तर देखिएको बताए। उनीहरूका अनुसार महानगरपालिकाको केन्द्रिकृत संरचनाले लेखनाथ क्षेत्रका नागरिकलाई प्रशासनिक पहुँचमा सास्ती दिएको छ भने स्थानीय आवश्यकताअनुसार बजेट तथा योजनाको वितरण हुन सकेको छैन।

कार्यक्रममा बोल्दै साविक लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिकराम पौडेल ले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म स्थानीय सरकारलाई सबल र जनतासँग नजिक बनाउनु भए पनि व्यवहारमा त्यसको विपरीत अवस्था सिर्जना भएको बताए। उनले स्थानीय तह पुनःसंरचनाको क्रममा लेखनाथलाई पोखरा महानगरपालिकामा विलय गर्नु दूरदृष्टिविहीन निर्णय भएको उल्लेख गर्दै अहिले त्यसको असर विकास, प्रशासन र पहिचानमा स्पष्ट देखिएको बताए।

उनले लेखनाथ क्षेत्र प्राकृतिक स्रोत, आर्थिक सम्भावना र पर्यटनको दृष्टिले आत्मनिर्भर बन्न सक्ने सामर्थ्य बोकेको भूगोल भएको बताए। वेगनास, रूपा लगायतका ताल, कृषि उत्पादन, पर्यटन तथा व्यापारिक सम्भावनाले सम्पन्न क्षेत्रलाई विशाल महानगरपालिकाको सीमित वडामा खुम्च्याउनु अन्यायपूर्ण भएको उनको भनाइ थियो। उनले लेखनाथको गुमेको अस्तित्व बचाउन, समन्यायिक विकास सुनिश्चित गर्न तथा स्थानीय जनताको भावना सम्बोधन गर्न पुनः नगरपालिका स्थापना अपरिहार्य भएको धारणा राखे।

रा।स्व।पा।का अभियन्ता तथा प्रतिनिधि कृष्णराज भुर्तेल ले स्थानीय तहको मुख्य उद्देश्य नागरिकलाई सहज सेवा प्रवाह गर्नु भए पनि अहिले नागरिकले झन् बढी सास्ती खेप्नुपरेको बताए। उनले संघीयताको मर्म जनताको नजिक सरकार पु¥याउनु भएको उल्लेख गर्दै भौगोलिक रूपमा अत्यधिक ठूलो महानगर संरचनाले त्यो उद्देश्य पूरा गर्न नसकेको धारणा व्यक्त गरे। उनले लेखनाथ पुनर्स्थापनाको अभियानलाई जनताको अधिकारसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वराल ले लेखनाथको समृद्धि, पहिचान र विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए। उनले जनताको भावनाभन्दा ठूलो कुनै निर्णय हुन नसक्ने भन्दै लेखनाथवासीको चाहनालाई सम्मान गर्नुपर्ने बताए। उनले कानुनी तथा संवैधानिक व्यवस्था अध्ययन गरी आवश्यक प्रक्रिया पूरा गरेर पुनर्स्थापनाको अभियानलाई अगाडि बढाउनुपर्ने धारणा राखे।

त्यसैगरी नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री ले विगतमा स्थानीय तह पुनःसंरचनाका क्रममा भएका केही निर्णयहरू व्यवहारमा प्रभावकारी हुन नसकेको स्वीकार गरे। उनले संघीयताको भावना अनुसार स्थानीय तह जनउत्तरदायी, पहुँचयुक्त र सन्तुलित हुनुपर्ने बताए। लेखनाथको पहिचान, इतिहास र समृद्धिलाई संरक्षण गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।

एकीकृत समाजवादी तथा माओवादी पक्षका नेता विश्वप्रकाश लामिछाने ले लेखनाथ पुनर्स्थापनाको अभियान कुनै एक दल वा समूहको मात्र विषय नभई समग्र लेखनाथवासीको साझा आन्दोलन भएको बताए। उनले घरघरमा सिंहदरबारको अवधारणा व्यवहारमा कार्यान्वयन गर्न स्थानीय सरकारलाई नागरिकको नजिक ल्याउनुपर्ने धारणा राख्दै अभियानलाई अझ सशक्त बनाउन सबैलाई आग्रह गरे।

कार्यक्रममा सहभागी बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणले पनि लेखनाथको ऐतिहासिक पहिचान, सांस्कृतिक महत्व तथा विकासको सम्भावनालाई जोगाउन पुनः नगरपालिका स्थापना आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ ले स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने कानुनी व्यवस्था स्पष्ट गरेको उल्लेख गर्दै संवैधानिक प्रक्रियामार्फत पुनर्स्थापनाको बाटो खुला रहेको बताएका थिए।

वक्ताहरूले वर्तमान अवस्थामा लेखनाथ क्षेत्र विकास, पूर्वाधार, प्रशासनिक पहुँच तथा बजेट व्यवस्थापनमा अपेक्षित प्राथमिकताबाट वञ्चित बनेको दाबी गर्दै अब दवाबमूलक कार्यक्रमसहित अभियानलाई गाउँ–टोलसम्म विस्तार गरिने बताएका छन्।

कार्यक्रममा पुनर्स्थापना पहल समितिका रामहरी ढुंगाना ले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव मुराहरी कोइरालाले गरेका थिए। कार्यक्रममा लेखनाथ क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, युवा, महिला तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

Previous Post

लेखनाथ मोटरसाईकल वर्कसप एशोसियसनको अध्यक्षमा अनिल

Next Post

लेउवासंघ द्वारा “मूल्य पारदर्शिता र व्यवसायीको भूमिका” विषयक अन्तरक्रिया

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

शिशुवा नागरिक समाजमा पुरुषोत्तम महात्म्य कथा वाचन सुरु
धर्म संस्कृति

शिशुवा नागरिक समाजमा पुरुषोत्तम महात्म्य कथा वाचन सुरु

लेउवासंघ द्वारा “मूल्य पारदर्शिता र व्यवसायीको भूमिका” विषयक अन्तरक्रिया
अर्थ खबर

लेउवासंघ द्वारा “मूल्य पारदर्शिता र व्यवसायीको भूमिका” विषयक अन्तरक्रिया

लेखनाथ मोटरसाईकल वर्कसप एशोसियसनको अध्यक्षमा अनिल
समाचार

लेखनाथ मोटरसाईकल वर्कसप एशोसियसनको अध्यक्षमा अनिल

एलआईसी लेखनाथ शाखाको अध्यक्षमा रानाभाट
समाचार

एलआईसी लेखनाथ शाखाको अध्यक्षमा रानाभाट

मानसिक तथा मनोसामाजिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण
समाचार

मानसिक तथा मनोसामाजिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

Next Post
लेउवासंघ द्वारा “मूल्य पारदर्शिता र व्यवसायीको भूमिका” विषयक अन्तरक्रिया

लेउवासंघ द्वारा “मूल्य पारदर्शिता र व्यवसायीको भूमिका” विषयक अन्तरक्रिया

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?