लेखनाथ, ६ बैशाख । पोखरा महानगरपालिका वडा नं २७ को शिशुवामा रहेको लक्ष्मी आदर्श मा.वि.मा अध्यानरत वि.स. २०४२ देखि २०४४ ब्याजका विद्यार्थीवाट शिक्षकहरुलाई सम्मान गरिएको छ ।
नयाँ वर्ष २०८३ सालको अवसर पारेर २०४२ देखि २०४४ सालसम्म अध्ययनरत भुपु विद्यार्थीहरु विचको पुर्नमिलन, शुभकामना आदान प्रदान एवम् सोही समयमा विद्यालयमा कार्यरत आदरणीय गुरुहरुलाई विशेष सम्मान गरिएको हो ।
बिद्यालयमा अध्यानरत रहँदा शिक्षकहरुले देखाएको सद्भाव,माया,प्रेरणा र कहिले काहीको हप्की दप्कीले आज निखारीएर सुखद जिवन जिउन सहज भएको भन्दै भु पु विद्यार्थींंहरुको पहलमा सम्पर्कमा रहेका १९ जना गुरुहरुलाई सन्मान गरिएको हो ।
गुरुहरु मध्येका जेष्ठ गुरु सोमनाथ पौडेलले कार्यक्रमको उद्घाटन गर्दै असल मार्गदर्शनले जो कोहीलाई पनि सफलता तर्फ उन्मुख गर्ने वताएका थिए । सो समुहका विद्यार्थीहरु मध्येका सक्रिय विद्यार्थी सूर्यमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विष्णु प्रसाद तिवारी राखेका थिए ।
भु पु बिद्यार्थी प्रयागराज भण्डारीले सञ्चालन गरेको कार्यक्रममा वर्तमान बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा पुर्व शिक्षक चतुराखर अधिकारी, शिक्षक वावुराम सुवेदी, पोखरा महानगरपालिका वडा नम्वर २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्ग र पोेखरा – ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी लगाएतले समय समयमा भु पु विद्यार्थीहरुका विच पुर्नमिलन कार्यक्रम राख्नु पर्ने सुझाव दिएका थिए ।
उत्त अवसरमा आदरणीय गुरु सोमनाथ पौडेल,नरनारायण पौडेल , वेदनाथ ढुङ्गाना,चतुराखर अधिकारी ,पोष्टराज ढुङ्गाना,वावुराम सुवेदी,कोमलनाथ वराल, तुलसी राम लामिछाने, गोविन्द आचार्य, गोविन्दमणि भण्डारी, सोमलाल तिवारी, वुद्दिसागर जमरकट्टेल, तिलकसाली अधिकारी, रामचन्द्र पौडेल, कालिदास सुवेदी, रामचन्द्र पौडेल, रामजी प्रसाद लामिछाने, लक्ष्मण लामिछाने, विणुमाया शाहि पौडेललाई दोसल्ल्ला तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।






Discussion about this post