• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ नगरपालिका पुर्नस्थापनाको बहस

Ramsharan Nepali by Ramsharan Nepali
April 20, 2026
in समाचार, स्थानीय
0
0
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, बैशाख ६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह पुनर्संरचना सम्बन्धी सूचना जारी भए सँगै साबिक लेखनाथ नगरपालिका कायम राख्नको लागि आइतबार छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नागरीक समाजको आयोजनामा लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको उक्त छलफल कार्यक्रममा पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापा ९ नरेन०ले विगतमा किन र कुन उद्धे्यले लेखनाथलाई पोखरामा गाभियो र अहिले किन र के कारणले लेखनाथ नगरपालिका कायम राख्न आवश्यक भयो प्रस्न गर्नु भयो ।

अहिले बर्तमान अवस्थामा विकास निर्माणका कार्य नभएको भन्ने कुरालाई अस्वकार गर्दे थापाले आफूले पोखरा कार्यपालिकाको बैठकमा लेखनाथको बिकासका लागिआवाज उठाएको जानकारी दिनुभयो। आफूले हरेक फोरम देखि संघियय सरकास सम्म पनि समग्र लेखनाथ क्षेत्रको बिकासका लागि पहल गरेको स्पष्ट पार्नु भयो ।

बिकास भनेको एकै दिनमा नहुने बताउँदै वडा अध्यक्ष थापाले बिकासका ठोस आधारहरु भएको खण्डमा समग्र लेखनाथको विकासमा आफूले सक्दो सहयोग गर्ने बताउनु भयो ।

यसै गरी साविका लेखनाथ नगरपालिका संस्थापक मेयर शालिकराम पौडेलले लेखनाथमा विगतमा भएका विकास निर्माणका कार्यको स्मरण गर्दै पौडेलले लेखनाथको पूर्वाधारको विकास प्रत्यक्ष रुपमा लेखनाथवासीको सहभागीतामा भएको दाबी गर्नु भयो ।

स्थानीय सरकार , सरोकारवाला सबैको सल्लाह र सुझावका आधारमा आगडि बड्नुपर्नेमा जोड दिदै कानुनी आधारमा अगाडि बढ्ने पौडेलले स्पष्ट पार्नु भयो ।

यसै गरी नेकपा एमाले कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले विगतको राज्य पूनर्सरचनाको समयमा लेखनाथलाई पोखरामा मिसाएर पोखरा महानगरपालिका बनाउनुमा गल्ती भएको स्वीकार गर्नु भयो । तत्कालीन समयमा मादी गाउँपालिकालाई २ गाउँपालिका बनाउन सकिने अवस्थामा पनि हामी चुकिएको बताउनु भयो । लेखनाथलाई यथास्थितीमा राख्न सकेको भए तुलनात्मक रुपमा लेखनाथ क्षेत्रको विकास धेरै हुने बताउनु भयो । लेखनाथको क्षेत्रको बिकासको अभिायमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनु भयो ।

यसै गरी नेपाली कागरेसका नेता कृष्ण केसीले महानगर हुँदा ठूला ठूला परियोजनाबाट यस क्षेत्रको बिकास हुने विश्वासका आधारमा लेखनाथलाई पोखरामा गाभेर पोखरा महानगर बनाइएको बताउँदै बर्तमान अवस्थामा सोचे अनुसारको विकास नभएको स्वीकार गर्नु भयो । सानो क्षेत्रलाई समृद्धि बनाउनुपर्नेमा जोड दिंदै केसीले यस अभियानमा साविका लेखनाथका वडा अध्यक्षहरुले पहल गर्नुपर्ने सुझाव राख्नु भयो । यसका लागि आफ्नो सहयोग रहने विश्वास दिलाउनु भयो ।

यसै गरी देवराज पन्थी, विश्वमोहन पौडेल, कृष्ण प्रसाद ढुंगाना, नवराज सापकोटा, बिनोद बाबु न्यौपाने , मेघराज भण्डारी, दयाराम तिवारी, भैरबलाल श्रेष्ठ, सुरेश लामिछाने, मधुकर न्यौपाने, पुष्पराज अधिकारी, हरि पण्डित, रामहरी ढुंगाना, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय, मुराहरी कोइराला लगायतले विगतमा भएको कमि कमजोरीलाई आत्मसमिक्षा गर्दै वृहत छलफल गरी स्थानीय निकाय लगायत सरोकारवाला सबैलाई साथमा लिएर अभियालाई बढाउन सुझाव राख्नु भयो । स्वार्थ र व्यक्तिबादी सोच भन्दा माथि उठेर विकास निर्माणका कार्यलाई केन्द्रमा राखेर अगाडी बढ्न पनि बक्ताहरुले जोड दिएका थिए ।

यसै बिच पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो व्यक्तिगत धारणा सार्वजानीक गर्नु भएको छ । उहाँले भन्नु भएको छ , “ वर्तमान संविधानले २० वर्षपछि पुनर्संरचना गर्न सकिने व्यवस्था गरेको कुरालाई समेत मध्यनजर गर्दै, यदि संविधान संशोधन मार्फत यस विषयमा अघि बढ्ने तयारी भइरहेको हो भने, कास्की जिल्लामा १ महानगरपालिका, १ उपमहानगरपालिका, १ नगरपालिका र कम्तीमा ३ गाउँपालिका गरी जम्मा ७ स्थानीय तह रहने गरी पुनर्संरचना गर्नु उपयुक्त हुने देखिन्छ।”

प्रमुख आचार्यले क्षेत्रीय वा क्षणिक स्वार्थभन्दा माथि उठेर समग्र कास्की जिल्लाको दीर्घकालीन हितलाई केन्द्रमा राखी आफू कहाँ र कसरी पुनर्संरचना गर्ने भन्ने विषयमा विस्तृत छलफल र खुल्ला बहस गर्न तयार रहेको धारणा सर्वाजनिक गर्नु भएको छ ।

प्रमुख आचार्यले हालको अवस्थामा पोखरा महानगरपालिका भूगोलका हिसाबले ललितपुर महानगरपालिकाभन्दा करिब १४ गुणा र काठमाडौं महानगरपालिकाभन्दा करिब १० गुणा ठूलो रहेको उल्लेख गर्दै यो संरचना व्यवहारिक रूपमा चुनौतीपूर्ण रहेको पनि स्पष्ट पार्नु भएको छ ।

Previous Post

लक्ष्मी आदर्शमा विद्यार्थीद्धारा शिक्षक सम्मान

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लक्ष्मी आदर्शमा विद्यार्थीद्धारा शिक्षक सम्मान
शिक्षा

लक्ष्मी आदर्शमा विद्यार्थीद्धारा शिक्षक सम्मान

बन्यप्राणी कस्तुरी बिरालो (सिवेट) घाइते अवस्थामा उद्धार
समाचार

बन्यप्राणी कस्तुरी बिरालो (सिवेट) घाइते अवस्थामा उद्धार

कलात्मक महल डिजाईनमा होटल वेगनास बंगलो पुन: संचालन
समाचार

कलात्मक महल डिजाईनमा होटल वेगनास बंगलो पुन: संचालन

वेगनासमा ‘फिस फेष्टिवल’ सम्पन्न
समाचार

वेगनासमा ‘फिस फेष्टिवल’ सम्पन्न

घरमै बसेर कर तिर्न सिकौं : प्रमुख कर अधिकृत ढुंगाना
अर्थ खबर

घरमै बसेर कर तिर्न सिकौं : प्रमुख कर अधिकृत ढुंगाना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?