
बैशाख २, बेगनास
पोखरा महानगरपालिका वडा नं ३१ बेगनासतालमा होटल वेगनास बंगलो संचालनमा आएको छ।
नयाँ वर्ष २०८३ बैशाख १ गते देखि औपचारिक रुपमा संचालन भएको होटल कलात्मक महल निओ क्लासिकल बंगलो डिजाईनमा निर्माण गरिएको हो ।
पन्ध्र वटा मोडर्न डिलक्स कोठामा एसी सहित मिनी बार र तातो चिसो पानीको सुबिधा छ ।
होटलमा स्विमिङ्ग पुल, ४ वटा कटेज, एसी सहितको पार्टी हल तथा पार्किंगको व्यवस्था रहेको छ। त्यस्तै ग्राहकको इच्छा अनुसार नेपाली खाना, इन्डियन, कन्टिेनेन्ट खाजा तथा खानाको सुबिधा रहेको छ।
मंगलबार देखि औपचारिक रुपमा संचालनमा आए संगै साँझ आयोजित कार्यक्रममा मारी भ्लग्स, सन्दिप भण्डारी, डिजे दुरा लगायतले सांगीतिक प्रस्तुती गरेका थिए।
कोभिड लगत्तै निर्माण सुरु गरिएको होटल यस अघि पहिलो चरणमा २०८० को असारमा खुलेको थियो। आन्तरिक र बाह्य पर्यटकहरुको आवश्यकता लाई मध्यनजर गरेर दोश्रो चरण पनि सम्पन्न गरेको संचालक राजन रानाभाटले जानकारी दिए ।
होटल म्यानेजमेन्ट अध्ययन पुरा गरेका रानाभाटले नेपाल तथा जापानका तारे होटलमा लामो समयको अनुभव बटुलेका छन्। होटल शुभारम्भ भए पछि सबै तिर बाट राम्रो प्रतिक्रिया र हौसला पाएको उनले बताए।






Discussion about this post