बैशाख १, लेखनाथ । नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथले वेगनासताल किनारमा एक दिने फिस फेष्टिवल सम्पन्न गरेको छ ।
फिस फेस्टिवलको नामले नयाँ बर्ष २०८३ लाई सदैव उत्साह पुर्वक मनाउने र वि स २०८२ लागि विधाई गर्दै सोमवार राती १२ः००सम्म बिबिध कार्यक्रमका साथ माछा महोत्सव मनाईएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको चिनारी फेवाताल मात्र नभई यस पेरीफेरीमा भएका अन्य पर्यटकीय क्षेत्रको संरक्षण तथा अन्य धार्मीक स्थलदेखि ताल तलैयमा पर्यटन रमाउन सक्ने गरि पुर्वाधार निर्माण गर्न महानगरपालिका कटिबद्ध रहेको बताए ।
पोखरामा आउने पर्यटकको वसाई ल्याउने र पोखरा आएका पर्यटकलाई बेगनास तालसम्म ल्याउनका लागि यसको प्रचार प्रसार र पर्यटकलाई आर्कषण गर्ने पुर्वाधारहरु निर्माण गर्नु पर्छ प्रमुख आचार्यको भनाई रहेको थियो ।
पोखरा मुग्लीन राजमार्ग र तालचोक बेगनास सडक सम्पन्नको चरणमा रहेको यी वाटाहरु निर्माण भएपछि पोखरा आएका पर्यटक सहज रुपमा बेगनासताल आउने वातावरण बन्ने र भरखरै मात्र महानगर सुविधा सम्पन्न सटल बस (विद्युती वस) एअरपोर्टबाट बेगनास र फेवातालबाट बेगनास वस सेवा संचालन गर्न लागेको जानकारी गराउदै यस क्षेत्रको विकासमा कानुनी दायरा भन्दा माथी उठेर विकासमा नै अवरोध सृजना गर्नेको पहिचान गरि उनिहरुलाई नैतिक दवाव दिनु हामी सेबैको कर्तब्य र दायित्व भएको उनले सुनाए ।
कार्यक्रममा नेपाल पर्यटन वोडका पोखराका प्रमुख मणीराज लामिछाने पर्यटनका लागि पोखरा सवै सिजनका लागि उपयुत्त भएकाले यहाँ आउने पर्यटनलाई सन्तुष्ठी पार्न सकियो भने स्वतह रुपमा वढि भन्दा बढि पर्यटन भित्राउन सकिने धारणा राखेका थिए ।
सोही अवसरमा पोखरा भ्रमण वर्ष २०८२/८३ का संयोजक गोपि बहादुर भट्टराई, पोखरा पर्यटन परिषद् अध्यक्ष तारा पहाडी,पोखरा महानगरपालिका कृर्षि महाशाखाका प्रमुख मनहर कडरिया, लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, मत्स्य अनुसन्धान केन्द्र बेगनासका गुन बहादुर गुरुङ र होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथका निवर्तमान अध्यक्ष विरभद्र कडेल लगाएतले आन्तरिक तथा वाह्यि पर्यटन प्रबद्र्धनका लागि केही न कही गतिविधीहरु गरिरहनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सस्थाका अध्यक्ष सुरेश लामिछानेले वेगनासतालको प्रचार प्रसारमा सहयोग पुग्ने र तालबाट माछा उत्पादन गरि आय आर्जनमा सहयोग पुग्ने उदेस्यले माछा महोत्सव गर्न लागिएको बताए ।
सस्थाकी महासचिव शक्ति श्री कोईरालाले संचालन गरेको कार्यक्रममा स्वगत मन्तव्य सस्थापक अध्यक्ष किरणराज खनालले गरेका थिए भने धन्यवाद ज्ञापन पोखरा महानगरपालिका वडा नम्वर ३१ का वडाअध्यक्ष ढकनाथ कडेलले गरेका थिए ।
नेपाली नव बर्ष २०८३ लाई स्वागत गर्न चर्चित गायिका रचना रिमाल, पोखरेली ब्याण्ड, माया गुरुङ, बालचन्द्र बराल लगायत स्थानिय कलाकारको प्रस्तुती सहित भजन कृतन र नृत्य समेत राखिएको कार्यक्रमको संचालन संचारकर्मी सचिन रानाभाट र विशाल सुनारले गरेका थिए ।






Discussion about this post