• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सेवा प्रवाह सम्बन्धी कास्की जिल्ला प्रशासनको अन्तरकृया

Ramsharan Nepali by Ramsharan Nepali
April 9, 2026
in समाचार, स्थानीय
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ २६ चैत्र । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा सेवा प्रवाह सम्बन्धी अन्तरकृया कार्यक्रम विहिबार लेखनाथमा सम्पन्न भएको छ ।

इलाका प्रशासन कार्यालय लेखनाथको सहजीकरण तथा पोखरा– ३० वडा कार्यालयको व्यवस्थापनमा साविक लेखनाथ अन्तर्गत महानगरका वडा नं २६ देखि ३३ सम्मका जनताको प्रतिनिधिमूलक सहभागिता गराउँदै अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरकृया कार्यक्रममा सहभागीहरुले लेखनाथ क्षेत्रमा निर्माण हुँदै गरेको मुग्लीङ पोखरा पश्चिम खण्डको राजमार्ग र तालचोक बेगनासताल सडक निर्माणमा भएको ढिलासुस्ती अब्यवस्थीत सम्रचनाका कारण सास्ती,दुख कष्ट, समस्या उत्पन्न भएको गुनासो राखेका थिए ।

यसै गरी इलाका प्रशासन कार्यालय लेखनाथ ,मालपोत कार्यालय लेखनाथ,नापी कार्यालय लेखनाथमा सेवा लिंदाका समस्या, विचौलियाहरुको व्यवहारले सेवाग्राही मर्कामा परेको जानकारी गरेका थिए ।

बाटो निर्माणका क्रममा खानेपानी आपुर्तिमा भएको समस्या लगायतमा तत् तत् कार्यालयका प्रमुखहरुले गुनासोका सम्बोधन गरेका थिए । वडा सचिवहरुले घटना दर्ता, पञ्जीकरणमा अनलाइन दर्ताका समस्या राखे। वडा कार्यालयसँग सम्बन्धित सेवा प्रवाहका गुनासाहरुको जनप्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले सेवा प्रदान गर्ने सेवाप्रदायकले सेवाग्राहीलाई अनावस्यक झण्जट दिएको र कुनै पनि सरकारी काममा आर्थीक प्रलोभनमा परेको पाईएमा त्यस्ता कर्माचारीलाई कारवाही देखि वरखास्त सम्म गर्न आफु पछि नपर्ने ठोकुवा गरेकी थिईन ।

समस्या कहाँ छ त्यसको पहिचान गरेर समस्याको निवारणमा प्रशासन कार्यालय लागी परेको प्रशंग उठाउदै जनताले प्रतक्ष्य रुपमा सेवा लिने स्थानिय तहले कुनै वहानवाजी नगरी राज्यको प्रचलित नियम र कानुनको पालन गरेर सेवा प्रवाह गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिएकी थिईन ।

अहिलेको अवस्थामा जनताबाट कुनै विकास निर्माणका काममा भन्दा पनि नागरिकता,राहादानी,राष्ट्रिय परिचय पत्र,सवारी साधान अनुमति पत्र देखि विभिन्न किसिमका कर सहज र सरल तरिकाले तिर्न पाउनु पर्ने आसा राखेकाले राज्य प्रणालीले पनि सोही तरिकाले सेवा प्रवाहमा कुनै कमि नल्याउने प्रमुख जिल्ला अधिकारी शर्माको विश्वास दिलाएकी थिईन ।

कार्यक्रममा कास्की जिल्ला समोन्वय अधिकारी नवराज बराल,नापी कार्यालय लेखनाथका प्रमुख प्रदिप कुमार श्रेष्ठ,लेखनाथ खानेपानी उपभोक्त सस्थाका अध्यक्ष मुरारी शर्मा,लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वास्तोला,ईलाका प्रशासन कार्यालय लेखनाथमा प्रमुख गुरुदत्त ढकाल र पोखरा महानगरपालिका वडा नं ३० का कार्यवाह वडाअध्यक्ष विनोद प्रसाद लामिछाने लगाएतले जनताको गुनासा सुने पछि समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने वारेमा सरकार चनाखो हुनु पर्ने सुझाव राखिएको थियो ।

Previous Post

श्रेष्ठ परिवारलाई मातृशोक

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

श्रेष्ठ परिवारलाई मातृशोक
समाचार

श्रेष्ठ परिवारलाई मातृशोक

मानव अधिकार रक्षकहरुका लागी क्षमता अभिवृद्धि तालिम सम्पन्न
समाचार

मानव अधिकार रक्षकहरुका लागी क्षमता अभिवृद्धि तालिम सम्पन्न

लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया
अर्थ खबर

लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया

संयुक्त गोर्खा भु.पु. क्लबको १७ औं वार्षिकोत्सव सम्पन्न
समाचार

संयुक्त गोर्खा भु.पु. क्लबको १७ औं वार्षिकोत्सव सम्पन्न

एसईईमा सहभागी हुने परीक्षार्थीका लागि निःशुल्क सेनेटरी प्याड व्यवस्थापन
शिक्षा

एसईईमा सहभागी हुने परीक्षार्थीका लागि निःशुल्क सेनेटरी प्याड व्यवस्थापन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?