असोज ३१ पोखरा –
पोखरा महानगरपालिका वडा नं २६ मा रहेको लेखनाथ सिटी अस्पताल प्रा लि र लेखनाथ उद्योग वाणिज्य संघ बीच स्वास्थ्य उपचारमा छुट सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रममा बीच अस्पतालका अध्यक्ष आकाश बस्नेत तथा लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष जानुका अधिकारी पराजुलीले स्वास्थ्य उपचार छुट सम्झौतामा सयुक्त हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार लेखनाथ सिटी अस्पतालमा आगामी २ बर्षका लागि लेखनाथ उद्योग वाणिज्य संघमा आवद्ध सम्पुर्ण सदस्यहरु, कर्मचारीहरु तथा आश्रितहरुले सदस्यता परिचय पत्रको आधारमा उक्त स्वास्थ्य उपचारमा छुट प्राप्त गर्नेछन्।
स्वास्थ्य उपचार अन्तर्गत ओपीडी टिकट, एक्सरे / भिडीयो एक्सरे तथा सर्जरीमा १५ प्रतिशत, सामान्य वेड तथा क्याविन/पोष्ट अपमा २५ प्रतिशत, आईसीयूमा १० प्रतिशत र ल्याव परिक्षण सेवामा ३० प्रतिशत छुट प्राप्त गर्ने अस्पतालका अध्यक्ष आकाश बस्नेतले जानकारी दिनु भयो।
अस्पतालमा २४ सै घन्टा आकस्मिक सेवाका साथै हरेक दिन वरिष्ठ विशेषज्ञ डाक्टरहरु द्वारा परामर्श र उपचार गरिदै आएको छ।








Discussion about this post