लेखनाथ, ३१ असोज । उद्योमशीलताको माध्यमबाट उत्पादन एवम् रोजगारका अवसर सृजना गर्नका लागि युवाहरुलाई अगाडी वढाउन बिहिवार लेखनाथमा आयोजित कार्यक्रमका सहभागी बक्तहरुले जोड दिईएको छ ।
औधोगिक ब्यवसाय विकास प्रतिष्ठान नेपाल र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको आयोजना र लेखनाथ उद्योग बाणिज्य संघको ब्यवस्थापनमा भएको कार्यक्रममा सिर्जनशील सोच भएका युवाउद्यमीहरुलाई सहुलियत दरमा ऋण प्रवाह गरि स्वदेसमा नै रोजगारीका अवसरहरु सृजना गर्नु पर्ने सुझाव राखिएको हो ।
औधोगिक ब्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई.उमेश कुमार गुप्ताले कार्यपत्र प्रस्तुत गर्दै युवा उद्यमीको परियोजनालाई धितोमा राखि २५ लाखसम्म सहुलियतपुर्ण कर्जा प्रवाह गर्नु नै योजनाको मुख्य उदेश्य भएको बताएका थिए । साथै उनले ब्यवसायको क्षेत्रमा ज्ञान,सिप र प्रविधको प्रयोग गरि नयाँ तरिकाबाट ब्यवसाय संचालनमा युवाहरुलाई प्रत्साहन गर्नमा सहयोग पुग्ने गरि संचालिन कार्यक्रमले सहुलियत दरमा ऋण प्रवाह गर्दै आएको बताए ।
कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका सचिव ईन्द्रप्रसाद वस्यालले नेपालमा नै केही गर्नु पर्छ भन्ने सोच राख्नेले रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई बलियो वनाउन सहयोग पु¥याउने भएकाले यो योजनाबाट सकेसम्मको फाईदा लिन ब्यवसायिहरुलाई अनुरोध गरेका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले नवीनतमा ज्ञान,सिप र क्षमता भएका युवाहरुलाई ब्यवसाय संचालनमा पुजी र प्रविधिको खाचो रहेकाले यो परियोजनाले उद्यमशीता बढाउन सहयोग पुग्ने विश्वास दिलाएकी थिईन ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष चतुराखर अधिकारी,संघका महासचिव भरतराज ओझा,नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन,औधोगिक क्षेत्र ब्यवस्थापन लिमिटेड काठमाडौका अध्यक्ष बाबुराम पन्त र गण्डकी महिला उद्यमी संघका अध्यक्ष पार्वती पौडेल रेग्मी लगाएतले तिनै तहको सरकारको संयोजनमा कार्यक्रमलाई प्रभावकारी तरिकाले अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए ।






Discussion about this post