लेखनाथ,१२ बैशाख । पोखरा महानगरपालिका वडा नं २७ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । राज्यले अगाडी सारेका १३ वटा रोग विरुद्धका खोपलाई वडा भित्रका दुई सय ८६ वालवालिकालाई पुर्ण खोप पुरा गरेपछि वडालाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
राज्यले वि स २०३४ साल देखि निःशुल्क रुपमा विभिन्न रोग विरुद्धको खोप लगाउने अभियान संचालन गर्दै आएको र पछिल्लो समय बि स २०६९ साल देखि बार्षिक रुपमा स्थानिय तहले सवै प्रकारका खोपहरु पुरा गर्दै आएकोमा शुक्रवार एक कार्यक्रमका विच वडा अध्यक्ष पुर्ण कुमार गुरुङले वडा नं २७ लाई पुर्ण खोप सुनिश्चितता घोषण गरेका हुन् ।
वडा मातहतमा रहेको लेखनाथ स्वास्थ्य चौकीले वडा भित्र रहेका १ महिना देखि १५ महिनासम्मका १७८ र १६ महिना देखि २३ महिनासम्मका एक सय आठ वाललालिकालाई नियमति रुपमा लगाउनु पर्ने विभिन्न १३ प्रकारका खोपहरु पुरा गराएपछि वडालाई पुर्ण खोप सुनिश्चितता वडा घोषण गरेका हो ।
कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका श्वास्थ्य महाशाखाका जनश्वास्थ्य अधिकृत सुभाष वाँस्तोलाले महानगरपालिकाले स्थानिय स्तरमा स्वास्थ्य सम्वन्धि जनचेतना फौलाउदै रोग लाग्नु पुर्व नै अपनाउनु पर्ने होशियारीका वारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा लेखनाथ स्वास्थ्य चौकीका प्रमुख रिता भटराई वास्तोलाले खोपले शिसुलाई निरोगी र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने र बाल तथा मातृ मृत्यु दरलाई घटाउन राज्यले ल्याएको खोप अभियानलाई सवैले आ आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने धारणा राखेकी थिईन ।
लेखनाथ स्वास्थ्य चौकीका स्वास्थ्य प्राविधिक जानुका सुवेदीले संचालन गरेको कार्यक्रममा स्वास्थ्य समितिका सदस्य राजेन्द्रमणि लामिछाने, महिला स्वयम सेविका पिपला सापकोटा लगाएतले खोपको प्रभावले वालवालिका रोग प्रतिरोधात्मक क्षमता बृद्धि भएको दावी गरेका थिए ।






Discussion about this post