पोखरा १२, जेठ । नेपाल अडीर्टस यसोसीयसन गण्डकी प्रदेश समितीको सातौं अधिवेशनले ज्ञान बहादुर कार्कीलाई अध्यक्षमा चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको प्रथम उपाध्यक्षमा पदम बहादुर जि.सि, उपाध्यक्षमा हरिलाल सापकोटा र प्रेम बहादुर जि.सि रहेका छन् भने समितिको सचिवमा कमल बहादुर रेग्मी, सहसचिवमा सब्बु श्रेष्ठ, कोषाध्यक्षमा शिवहरी शर्मा र सदस्यहरुमा रुद्र कुमार श्रेष्ठ ,यामनारायण लामिछाने, बोधराज पौडेल, बिज्ञान गौतम र राम प्रसाद पाण्डे रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल अडीर्टस यसोसीयसनका केन्द्रिय अध्यक्ष केदारनाथ पौडेलले देशमा शान्ति सुब्यवस्था र आर्थीक क्षेत्रमा सुधार गर्न सकियो भने पेशागत सुरक्षा कायम रहने वताएका थिए ।
सोही अवसरमा नेपाल अडीर्टस यसोसीयसनका निवर्तमान अध्यक्ष मोहन राज रेग्मीले विधि र विधानको अधिनमा रहेर काम गर्न पाउने वातावरण सृजना नहुदा अडिर्टसको पेशा संकटको अवस्था रहकाले दलहरुलाई शान्ति सुब्यवस्था र नेपालमा उद्योग कलकारखाना संचालनका लागि औधोगिक वातावरण अवस्य रहेको विचार राखेका थिए ।
पोखरा पार्टी प्यालेस बास्तोला थर पोखरामा भएको अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका लेखा परिक्षकहरुको उपस्थिती रहेको थियो । गण्डकी प्रदेशका अध्यक्ष पदमबन्धु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अडान कास्कीका अध्यक्ष गुणानिधी पाण्डेले भावी कार्ययोजना सहित कार्यपत्र पेश गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल अडीर्टस यसोसीयसनका केन्द्रिय उपाध्यक्ष बिल बहादुर भुजेल, अडान गण्डकी प्रदेशका पुर्व अध्यक्ष केश बहादुर के.सी, पुर्व पार्षद माधव पराजुली, गण्डकी प्रदेशका अध्यक्ष पदम बधु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कमल बहादुर रेग्मीले गरेका थिए भने प्रदेशका उपाध्यक्ष ज्ञान बहादुर कार्कीले धन्यवाद ज्ञापन राखेको कार्यक्रममा निर्वाचन मण्डलको संयोजन अडानका केन्द्रिय उपाध्यक्ष बिल बहादुर भुजेलले गरेका थिए ।






Discussion about this post